Comments Add Comment

पौषको जाडोमा रातभर पानीमा रुझ्दै ‘चपली हाइट ३’का कलाकार

पौष महिना लागेसँगै काठमाण्डौमा जाडो बढेको छ । अझ, रातको समयमा चिसोका कारण बाहिर हिडडुल गर्न पनि समस्या छ । चिसो मौसममा रातभरी पानीमा रुझ्दै काम गर्नु आफैमा सजिलो काम भने होइन । तर, चलचित्र ‘चपली हाइट ३’का कलाकार भने रातभर पानीमा रुझेर काम गरिरहेका छन् ।

निर्माता अर्जुन कुमारका अनुसार, चलचित्रकोसेटमा रातभर ट्यांकरबाट पानी झारेर छायांकन गरिएको छ । उनका अनुसार, अहिले चलचित्रको क्लाइमेक्सको छायांकन भैरहेको छ ।नायिका स्वस्तिमा खड्का र नायक आमिर गौतम रातभरको चिसोमा रुझेर चलचित्रमा काम गरिरहेका छन् ।

निर्माता अर्जुन कुमार भन्छन्–‘हामीले मंगलबार मात्र १० ट्यांकर पानी छायांकनमा प्रयोग गरेका छौ । जाडो मौसम भएपनि कलाकारको मिहिनेत आफैमा प्रशंसनिय छ ।’ निकेश खड्काको निर्देशनमा निर्माण भैरहेको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रलाई सस्पेन्स थ्रीलर कथामा निर्माण गरिएको छ । यो चलचित्र चैत्रको २८ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment