Comments Add Comment

जाउलाखेलले थ्रीस्टारलाई बराबरीमा रोक्यो

अखिल नेपाल फुटबल संघ

२ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबले थ्रीस्टारलाई बराबरीमा रोकेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टार र जाउलाखेलले गोलसहित बराबरी खेलेको हो ।

दुबै टोलीले केही राम्रा अवसर पाएका थिए, तर गोल गर्न सकेनन् । थ्रीस्टारका विजय भुजेलले गोलकिपर विट भइसकेको अवस्थामा समेत गोल गर्न चुकेका थिए ।

बराबरीपछि दुवै टोलीले समान १ अंक जोडेका छन् । लिगमा यो दोस्रो बराबरी हो । मंगलबार नेपाल पुलिस र हिमालयन शेर्पाले पनि गोलरहित बराबरी खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment