+
+
Shares

विद्युत प्राधिकरण कलैयाका कर्मचारी कोइरीविरुद्ध भ्रष्टचारको मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २ गते १८:१३

२ पुस, काठमाडौं । ९ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नेपाल विद्युत प्राधिकरण बाराको कलैया वितरण केन्द्रमा कार्यरत राजदेव महतो कोइरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

घुससहित पक्राउ परेका वितरण केन्द्रका इलेक्ट्रिकल हेल्पर कोइरीविरुद्ध ९ हजार रुपैयाँ बिगो दाबीसहित बुधबार मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि उनले सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकोले अख्तियारले उनीविरुद्ध मुद्धा दायर गरेको कोइरालाले बताए ।

कोइरीले नयाँ विद्युत मिटर जडान गर्नको लागि सिफारिस गरी दिने भनी सेवाग्राहीसँग ९ हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?