+
+

मृगौलारोगीको मासिक भत्ता रोकेकामा पूर्वस्वास्थ्यमन्त्री बोहराको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ३ गते १४:१०

३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले सरकारले मृगौलारोगीले पाउने सुविधा कटौती गरेको भन्दै विरोध जनाएका छन् ।

मृगौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीको उपचार गराइरहेका यी वरामीलाई जीविकोपार्जन र सामान्य औषधीको अभाव नहोस् भनेर मासिक ५ हजार भत्ता दिने निर्णय आफू स्वास्थ्यमन्त्री हुँदा गरे पनि अहिलेको सरकारले बदर गरेको उनले आरोप लगाए ।

‘बिरामीहरूको लागि वितरण गरिने भत्ताको यथोचित व्यवस्था समेत गरिसकेको अवस्थामा सो निर्णयलाई त्यसपछि बनेको बर्तमान सरकारबाट बदर गरियो । सो निर्णय किन बदर गरियो ? आफूभन्दा अगाडिको सरकारले गरेको लोकप्रिय निर्णय भएकोले ? के त्यो निर्णयले त्यो अशक्त बिरामीहरूलाई फाइदा हुन्थेन ? के त्यो निर्णय बिरामीको हितमा थिएन ?’ उनले प्रश्न गरेका छन् ।

नेता बोहराले जनहितमा गरिएको निर्णय जुनसुकै सरकार आए पनि निरन्तरता दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?