Comments Add Comment

करणको फिल्ममा दीपिका र अनन्या

बलिउडमा दुई पुस्ताका नायिकाहरु अब एउटै चलचित्रमा देखिने भएका छन् । नायिकाद्धय दीपिका पादुकोण र अनन्या पाण्डे नाम तय नभएको एक चलचित्रमा एकसाथ काम गर्न तयार भएका छन् ।

दीपिका अभिनित चलचित्र ‘छपाक’ जनवरी १० मा रिलिज हुँदैछ भने अनन्याले अभिनय गरेको चलचित्र ‘पति पत्नी और वो’ रिलिज भैसकेको छ । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्यो ।

यी दुई नायिकालाई सकुन वत्राले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा एकसाथ देख्न पाइनेछ । चलचित्रमा सिद्धार्थ चर्तुवेदीको पनि मुख्य भूमिका रहनेछ ।

यो चलचित्रलाई करण जोहरले निर्माण गर्न लागेका हुन् । सन् २०२० मा छायांकन सुरु हुने बताइएको यो चलचित्रलाई सन् २०२१ को फ्रेवुअरी १२ मा रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रको बिषयवस्तुबारे केही पनि खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment