Comments Add Comment

पेप्सी उत्पादकविरुद्ध १ अर्ब २९ करोड कर छलीको मुद्दा

३ पुस, काठमाडौं । झण्डै ६५ करोड रुपैयाँ राजस्व छलीको आरोपमा पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध राजश्व अनुसन्धान विभागले भ्याट छलीको मुद्दा दायर गरेको छ ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी ६४ करोड ९६ लाख २ हजार ३ सय ४० राजस्व चुहावट गरेको विभागको दावी छ । विभागले ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपैयाँ विगो र विगोको दोब्बर १ अर्ब २९ करोड ९२ लाख ४ हजार ६ सय ८० जरिवाना र ३ वर्ष कैद सजाय माग दावी गरी वेभरेजका अमित गुप्तासहित ७ जनाविरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

वरुण वेभरेज प्रालिले राजश्व चुहावट गर्ने दूरासयले झुट्टा तथा नक्कली कर विजक जारी गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

मुद्दामा वेभरेजका वर्तमान तथा पूर्व सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविणकुमार अग्रवाल, विनादेकुमार सिंह र अशोक कुमारलाई विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment