Comments Add Comment

शरीरमा यस्तो हुन्छ फास्टफूडको असर

यदि तपाईंंले ननभेज पिज्जा अथवा पिज्जा हटको चिकन पर्सनल पिज्जा खानु भएको छ भने तपाईंंको दिनभरीको नुनको कोटा पूरा भयो भन्ने बुझ्नुपर्छ । यदि पिज्जा खाइ सकेपछि पनि तपाईंं आफ्नो खानामा नुन सेवन गर्दै हुनुहुन्छ भने तपाईंं आफ्नो स्वास्थ्यसँग खेलवाड गर्दै हुनुहुन्छ ।

हालै सार्वजनिक भएको एउटा रिर्पोटका अनुसार जंक फूडमा प्रस्तावित सीमाभन्दा धेरै मात्रामा नुन र फ्याटको मात्रा पाइएको छ । उक्त रिपोर्टका अनुसार एउटा व्यक्तिलाई एक दिनमा दुई हजार क्यालोरीको आवश्यकता पर्छ । जसमा नुनको मात्रा ५ ग्राम, फ्याट ६० ग्राम, कार्बोहाइडे्रट तीन सय ग्राम र ट्रान्सफ्याट २-२ ग्रामभन्दा बढी हुनुपर्छ । सेन्टर फर साइन्स एण्ड इन्भायरमेन्ट (सीएसई) का अनुसार चिप्स, नूडल्स, पिज्जा, बर्गर र निम्कीमा नुनुको मात्रा सबैभन्दा धेरै हुन्छ ।

हालै गरिएको एक सर्वेक्षणमा बजारमा उपलब्ध जंक फुडहरुको स्याम्पल लिइएको थियो । जसका लागि तीन-तीन वटा जंक फूडहरुको स्याम्पल लिइएको थियो । जसमा विभिन्न ब्रान्डका चिप्स, निम्की, नुडल्स, सूप, बर्गर, फ्राइड चिकन, पिज्जा, स्यान्डवीचको १९ वटा स्याम्पल लिएको थियो ।

चिप्स, नूडल्स, पिज्जा, बर्गर र निम्कीमा निर्धारित भन्दा दुई गुणा बढी नुन थियो ।

सीएसईका अनुसार मुटु सम्बन्धी रोगहरु धेरै बढ्न थालेका छन् । तर, यो सर्वेक्षणबाट के पत्ता लाग्यो भने सबै स्याम्पलहरुमा कम्पनीहरुले आफ्नो उत्पादनको ट्रान्सफ्याटको बारेमा गलत जानकारी दिएको छ । निर्धारण गरेकोभन्दा धेरै नुन र फ्याट भएमा प्याकेटमा रेड लेबल हुनुपर्छ । रेड लेबल भयो भने बालबालिकाका खानेकुराको बारेमा सबै स्पष्ट हुन्छ ।

सीएसईका अनुसार टू यम मल्टिग्रेन चिप्सको ३० ग्रामको प्याकेटमा एक ग्राम नुनको मात्रा पाइएको थियो । त्यस्ता स्न्याक्स निर्धारण गरिएकोभन्दा दुई गुणा बढी नुन थियो । त्यस्तै, हल्दिरामको नट क्याकर्स, इन्स्टेन्ट नूडल्स र सुपमा पनि नुनको मात्रा धेरै भएको पाइयो । बर्गर, पिज्जा र स्यान्डबीचमा पनि नुनको मात्रा धेरै भएको पाइयो ।

सबैभन्दा धेरै नुन र फ्याट यी खानेकुराहरुमा पाइन्छ

-अंकल चिप्स स्पाइसी टि्रट, जसमा ४ दशमलव ४ मात्रा नुन र ४ दशमलव ४ मात्रा फ्याट

-टू यम्म मल्टिग्रेन चिप्समा  ५ दशमलव १ मात्रा नुन र २ दशमलव १ मात्रा फ्याट

-पुदिना ट्रीट चिप्स हल्दिराममा ३.६ मात्रा नुन र ४.६ मात्रा फ्याट

-क्लासिक नट क्याकरर्स हल्दिराममा ७ दशमलव ९ मात्रा नुन र ५ दशमलव ६ मात्रा फ्याट

-म्यागी मसला नेसलेमा ५ दशमलव ८ मात्रा नुन, १ दशमलव ९ मात्रा फ्याट

-गहुँको पिठोबाट बनेको पतञ्जलि नूडल्समा ६ दशमलव २ मात्रा नुन र २ दशमलव ८ मात्रा फ्याट

-नोर क्लासिक थिक टोम्याटो सूपमा ११ दशमलव ७ मात्रा नुन र १ दशमलव १ मात्रा फ्याट रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment