Comments Add Comment

प्रहरी प्रेमीको हतियार लुटेर भाग्ने युवक पक्राउ

३ पुस, जनकपुरधाम । न्यायाधीशका अंगरक्षक रहेका आफ्ना प्रेमीको हतियार लिएर फरार भएका युवक पक्राउ परेका छन् । प्रदेश २ को उच्च अदालत जनकपुरधाममा कार्यरत न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षक रनिता केवटले बोक्दै आएको सात राउण्ड गोली लोड गरिएको चाइनिज पेस्तोल लिएर केवटका प्रेमी सिवेन्द्र यादव फरार भएका थिए ।

यादवलाई जनकपुरधाम उप–महानगरपालिका १५ स्थित रामपुर भन्ने ठाउँबाट हतियारसहित नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

यादवको मोवाइल ट्रयाक गरिरहेको प्रहरीले लोकेसन पत्ता लगाएर जाँदा उनलाई पक्राउ गर्न सफल भएको उनले बताए । ‘यादवलाई रामपुरस्थित सडक छेउबाटै पक्राउ गरिएको छ’ कार्कीले भने, “उनलाई नियन्त्रणमा लिएपछि हतियार पनि बरामद भएको छ ।”

यो पनि पढ्नुहोस न्यायाधीशका अंगरक्षकको पेस्तोल हराएपछि…

सिवेन्द्रले आफ्ना प्रहरी जवान प्रेमी केवटले बोक्दै आएको हतियार एक जनाको गोठमा राखेका थिए । एउटा झोलामा हालेर गोठमा लुकाइएको अवस्थामा हतियार फेला परेको प्रहरको भनाइ छ ।

पक्राउ परेका सिवेन्द्रविरुद्व प्रहरीको हतियार लुटेको सन्दर्भमा मुद्दा चलाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जनकपुरधामस्थित प्रदेश २ को उच्च अदालतका न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षकको रुपमा काम गर्दै आएकी प्रहरी जवान रनिता र यादवबीच प्रेम सम्बन्ध थियो । दुबै नवलपरासी जिल्लाको भएको र केही दिन अगाडि यादव आफ्ना प्रेमी केवटलाई भेट्न जनकपुरधाम आएका थिए ।

आफ्ना प्रेमीलाई भेट्न आएका यादवले केवटको कोठामा एक जना प्रहरी जवानलाई हेरेपछि दुबैबीच विवाद भएको थियो । यो विवादकै क्रममा यादवले केवटले बोक्दै आएको पेस्तोल लिएर गत पुस १ गते फरार भएका थिए ।

हतियार हराएपछि प्रहरीले केवटलाई पुस १ गते नै नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गर्दै उनीमाथि विभागीय कार्वाहीको तयारी समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment