+
+

न्यायाधीशका अंगरक्षकको पेस्तोल हराएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १४:०७

१ पुस, जनकपुरधाम । न्यायाधीशको सुरक्षामा खटिएकी प्रहरीले हतियार हराएपछि उनीमाथि अनुसन्धान सरु भएको छ ।

उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षकको रुपमा कार्यरत प्रहरी जवान रनिताकुमारी केवटले बोक्दै आएको हतियार हराएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

प्रहरीका अनुसार उक्त हतियार प्रहरी जवान केवटका प्रेमी शिवेन्द्र यादवले लिएर गएका छन् । नवलपरासीका यादव मंसिर तेस्रो हप्ता जनकपुर आएका थिए । यी दुईबीच विवादका क्रममा यादवले केवटको पेस्तोल बोकेर फरार भएको प्रहरी स्रोतको भनाइ छ । पेस्तालेमा सात राउण्ड गोली लोड गरिएको थियो ।

‘यस बिषयमा हाम्रो अनुसन्धान भइरहेको छ’ प्रदेश प्रहरी कार्यालयका प्रबक्ता डीएसपी ज्ञानकुमार महतोले भने, “सूचना प्राप्त भएपछि हामीले अनुसन्धानलाई तिब्र बनाएका छौं ।’ हतियार हराएको हो कि, कसैले लिएर गएको हो भन्ने सन्दर्भमा बुझ्ने काम भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?