Comments Add Comment

नेपालमै विद्युतीय बाइकको उत्पादन, यात्रीको ‘प्रोजेक्ट-जेरो’ सार्वजनिक

३ पुस, काठमाडौं । नेपाली विद्युतीय बाइक निर्माता कम्पनी ‘यात्री मोटरसाइकल्स’ले आफ्नो पहिलो बाइक ‘प्रोजेक्ट-जेरो’ (पी-०) सार्वजनिक गरेको छ । अशिम पाण्डेसहितको टोलीले तयार परेको यो मोटरसाइकल नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल हो ।

नेदरल्यान्ड्सबाट पढेर फर्किएका असिमसहितको युवाहरु टिमले २ वर्ष बढी समय लगाएर यो परियोजना सफल बनाएका हुन् । कम्पनीले  फरक डिजाइनसहितका विद्युतीय मोटरसाइकल नेपालमै उत्पादन गर्न लागेका हो ।

अशिमको टिममा मेकानिकल इन्जिनियर कनिष्क सुवालसहित अशेष श्रेष्ठ, सुलभ श्रेष्ठ छन् । सार्थक शर्मा, कृष्ण श्रेष्ठ, बत्सल पाण्डे लगायत पनि परियोजनाका विकासकर्ता हुन् ।

अब नेपालमा विद्युतको उपलब्धता सहज भएकाले यस्तो भरपर्दो बाइक ल्याउँदा युवाहरु आकषिर्त हुने कम्पनीको अपेक्षा छ ।


कम्पनीले बाइकको सुरक्षात्मक पाटोलाई पनि मजबुत बनाएको दावी गरेको छ । यो मोटरसाइकल ‘क्याफे रेसर’ बाइकको डिजाइनबाट प्रभावित छ ।

यो बाइकमा ३० किलोवाटको मोटर छ । यो बजारमा उपलब्ध बाइकहरुको भन्दा उच्च क्षमता हो । यसको मोटरले ४२ बीएच पावर र १२० एनएम टर्क प्रदान गर्छ ।

यो बाकइक प्रतिघण्टा १२० किलोमिटरको गतिमा दौडन सक्छ । ६ किलोवाट प्रतिघण्टाको ब्याट्री प्याकसहितको यो बाइकमा ८ वर्षको वारेन्टी दिइएको छ ।

यो बाइकमा प्रयोग भएको ब्याट्री पुरा चार्ज हुन २ घण्टा लाग्छ । एक पटक चार्ज भएपछि २ सय ३० किलोमिटरसम्म कुद्छ, जुन ७० रुपैयाँ बराबरको विजुलीबाटै सम्भव छ ।

यो कम्पनीले आफैंले मोटरसाइकल डिजाइन गरेर त्यसलाई आवश्यक पर्ने पार्टपूर्जा पनि विदेशबाट आफैंले डिजाइन गरेर पठाउँदै बनाउन लगाउँदैछ । अमेरिकी, चीन, भारत लगायतका उत्पादकहरुले पार्टपूर्जा उत्पादनमा सहकार्य गरेका छन् ।

उनीहरुले यो बाइकमा मेटलभन्दा पनि फाइबरको प्रयोगमा जोड दिएका छन् । जुन हुलुंगो मात्रै हैन, बलियो पनि हुन्छ ।  यो बाइक नेपाली सडकका लागि निकै उपयोगी हुने दावी कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment