+
+
Shares

मृत्युदण्डअघि नै मुशरर्फको मृत्यु भए शव ३ दिन झुण्ड्याउनू : अदालत

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ४ गते ९:५७

४ पुस, काठमाडौं । पाकिस्तानको एउटा अदालतले मृत्युदण्डअघि नै मृत्यु भए त्यहाँका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको शवलाई झुण्ड्याउन आदेश दिएको छ ।

लाहोर उच्च अदालतले गत हप्ता गरेको मृत्युदण्ड दिने फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठमा उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्र्यासी चौकमा झुण्ड्याउनुपर्ने उल्लेख छ ।

पाकिस्तानी सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड दिने फैसलाको विरोध गरिरहेका बेला अदालतको यो आदेशले स्थितिलाई थप जटिल बनाउन सक्ने बताइएको छ ।

पूर्वसैनिक मुशर्रफले १९९९ अक्टोबरमा विद्रोह गरेर सत्ता हातमा लिएका थिए । २००१ जुनमा उनले आफैलाई राष्ट्रपति घोषित गरे ।

मुशर्रफ २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति थिए । उनले २००७ मा संकटकाल लगाएर देशद्रोह गरेको अदालतको निश्कर्ष छ । उनका वकिलले भने पुनरावेदन गर्ने बताएका छन् ।

७६ वर्षीय मुशर्रफ उपचारका लागि युएईमा छन् । उनले अस्पतालबाटै भिडियो सन्देश जारी गरेर अदालतले प्रतिशोधपूर्ण फैसला गरेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?