Comments Add Comment

तीन जना बच्चा अपहरण गरेर फिरौती मागेको आरोपमा दुई पक्राउ

४ पुस, काठमाडौं । प्रहरीले तीन जना बच्चालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार २९ मंसिरमा आमा पोखरा गएका वेला सामाखुशीबाट तीन जना बच्चा अपहरित भएका थिए ।

अपहरण गरेर टोखा–९, शान्ति टोलस्थित होटल ब्लू स्टारको कोठा नं. ४०४ मा लगेर बन्धक बनाइएको थियो । बन्धक बनाएर तीन लाख रुपैयाँ फिरौती माग गरिएको थियो ।

प्रहरले बन्धक बनाएर राखेको होटल सञ्चालकलाई पनि लापरबाही गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेका हो । हाल उनको नाम खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment