+
+
Shares

भरतमोहन अधिकारी फाउण्डेशनले मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिदिने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ५ गते १८:२२
फाइल फोटो

५ पुस, भक्तपुर । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले भक्तपुरको सूर्यविनायक नगरपालिका रानीकोटमा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

भक्तपुर सामुदायिक स्वास्थ्य केन्द्र र माटि्रका आई सेन्टरको प्राविधिक सहयोगमा फाउण्डेशनद्वारा आयोजित शिविरबाट भक्तपुरका साथै रानीकोटसँगै सीमा जोडिएका काभ्रे र ललितपुरका करिब १ सय ५० जना आँखाका बिरामीले सेवा लिए ।

त्यस क्रममा विशेषज्ञ चिकित्सक टोलीले निःशुल्क आँखा जाँच गर्नुका साथै चश्मा र औषधि वितरण गरेको स्वर्गीय भरतमोहन अधिकारी पुत्री एवम् फाउण्डेशनकी सदस्य लीमा अधिकारीले जानकारी दिइन् ।

चेकजाँचका क्रममा मोतियाबिन्दु प्रमाणित भएका ३० जनाको फाउण्डेशनले आगामी एक साताभित्रै निःशुल्क शल्यक्रिया गरिदिने भएको छ । ‘मोतियाबिन्दुको लक्षण देखिएका ३० जनाको हामी आउँदो हप्ताभित्रै निःशुल्क शल्यक्रिया गराउँछौं’, कार्यक्रममा बोल्दै अधिकारीले भनिन् ।

कार्यक्रममा बोल्दै फाउण्डेशनका उपाध्यक्ष एवं नेकपा नेता सोमप्रसाद पाण्डेले राजनीतिक जीवनमा गरेका सराहनीय कामका कारण भरतमोहन अधिकारीलाई नेपाली समाजले कहिल्यै बिर्सन नसक्ने बताए ।

अधिकारीले ०५१ सालको अल्पमत सरकारको अर्थमन्त्री छँदा पिछडिएका ग्रामीण भेगमा बसोबास गर्ने जनतालाई लक्षित गरेर सुरु गरेका लोकपि्रय कार्यक्रमकै निरन्तरतामा  अहिले घरघरमा सरकार पुगेको उल्लेख गरे ।

अधिकारीको ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमको सकारात्मक प्रभाव नेपाली समाजमा कहिल्यै नमेटिने पाण्डेले बताए ।

‘भरतमोहन अधिकारी अहिले हुनुहुन्न’, पाण्डेले भने, ‘तर, उहाँले मुलुकका लागि गर्नुभएको योगदानका धेरै सकारात्मक पक्षहरु नेपाली समाजले कहिल्यै बिर्सन सक्दैन ।’ नेपाली कम्युनिष्ट आन्दोलनका वरिष्ठ व्यक्तित्व भरतमोहन अधिकारीको २०७५ साल फागुन १८ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । उनैको नाममा फाउण्डेशन स्थापना भएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?