Comments Add Comment

दिशाको विकिनी तस्वीर किन भयो ट्रोलको शिकार ?

नायिका दिशा पटानी चलचित्रमा मात्र होइन, सामाजिक संजालमा पनि सक्रिय छिन् । दिशा सामाजिक संजालमा आफ्ना हट तस्वीर पोष्ट गर्न सधै नै अगाडि छिन् । दिशा इन्स्टाकै माध्यमबाट विभिन्न ब्रान्डको प्रमोशन पनि गरिरहेकी हुन्छिन् । यसरी, ब्रान्ड प्रमोशन गर्दा दिशाले राम्रै रकम कमाउँछिन् ।

उनै, दिशाले हालै मात्र एक विकिनी तस्वीर पोष्ट गरिन् । यो पनि एक ब्रान्डकै प्रमोशन थियो । तर, यसपटक भने दिशालाई ट्विटर प्रयोगकर्ताहरुले ट्रोलको शिकार बनाएका छन् । यो तस्वीर पोष्ट गर्दा दिशाको चर्को आलोचना भैरहेको छ ।

भारतमा विगत केही दिनदेखि नागरिकता विधेयकको विरोध भैरहेको छ । यो बिषयमा बलिउडकर्मीहरुले केही पनि नबोल्दा उनीहरुकै आलोचना पनि भएको पाइन्छ ।

दिशाले सामाजिक संजालमा यो तस्वीर पोष्ट गर्ने वित्तिकै उनलाई ट्विटर प्रयोगकर्ताहरुले नागरिकता विधेयकको बिषयमा कोही पनि नबोलेको तर विकिनी तस्वीर पोष्ट गरेर बसेको भन्दै आलोचना गरेका हुन् ।

केही ट्विटर प्रयोगकर्ताले देशको अवस्था विग्रिएको समयमा यस्ता खालका तस्वीर पोष्ट गर्नु सही नभएको भन्दै आलोचना पनि गरेका छन् । केही सामाजिक संजाल प्रयोगकर्ताले देशको विग्रदो अवस्थामा कुनै चासो नदेखाएपनि ब्रान्ड प्रमोशन गरेर पैसा कमाउन दिशालाई चासो लागेको भन्दै आलोचना गरेका छन् ।

केहीले देश जलिरहेको समयमा दिशालाई भने विकिनी बेच्न परेको भन्दै आलोचना गरेका छन् । यो बिषयमा दिशाले कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment