Comments Add Comment

अब लोकदोहोरी गीतमा सेन्सर लाग्छः अध्यक्ष वीजी

‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’को सातौ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका रमेश वीजीले आइतबार लोक दोहोरी प्रतिष्ठानकै भवनमा आयोजित एक कार्यक्रममा निवर्तमान अध्यक्ष वद्री पंगेनीबाट प्रतिष्ठानको हिसाव बुझेका छन् ।

सोही कार्यक्रममा बोल्दै अध्यक्ष वीजीले अब लोक तथा दोहोरी गीतमा सेन्सरको सुरुवात गर्ने बताए । आफ्नो योजनाबारे बोल्दै उनले भने–‘हामीले केही समय भित्रै आन्तरिक सेन्सर बोर्ड तयार गर्नेछौ । जहाँ यस क्षेत्रका दिग्गज व्यक्तिहरुलाई राखिनेछ । सरकारी तवरबाट पारित नभएसम्म हामीले आन्तरिक रुपमा नै लोक दोहोरीलाई सेन्सर गर्नेछौ ।’

लोक दोहोरीसँग सम्बन्धित रहेका हरेक सर्जकले आफूले गीत सार्वजनिक गर्नुपूर्व सेन्सर गर्नु पर्ने अध्यक्ष वीजीले बताएका छन् । उनले, सेन्सर नगरी गीतहरु सार्वजनिक गरेको खण्डमा उनीहरुलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिए । वीजीले भने–‘हामीले सेन्सर गरेपछि भिडियोको सुरुमा सेन्सर गरेको तस्वीर हाल्न लगाउँछौ । यदि, सेन्सर नगरी भिडियोहरु सार्वजनिक गरेको पाइएमा कारवाही हुन्छ ।’

पछिल्लो समय लोक दोहोरी गीतमा विकृती फैलिएको छ । लोकदोहोरी गीत भद्दा भैरहेको आरोप लामो समयदेखि मिडिया र दर्शकले लगाउँदै आएका छन् । सोही कुराको अन्त्य गर्नको लागि सेन्सर लगाउने वीजीले बताए । उनले, सेन्सरको सुरुवातपछि लोकदोहोरीमा विकृती भयो भन्ने आरोप सुन्न नपर्ने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment