Comments Add Comment

‘इन्टरनेट फास्टिङ’ : जटिल किसिमका नसर्ने रोगबाट बच्न

मंगलबारे ब्रत, बिहीबार, शनिबार आदि धार्मिक महत्वको लागि बसिने ब्रतको विधानबारे सबैलाई जानकारी भएकै कुरा हो । तर, यसमा एउटा नयाँ ब्रत थपिएको छ, त्यो हो ‘इन्टरनेट ब्रत’ । यो ब्रत पनि अरु धार्मिक वा शारीरिक रुपमा गरिने ब्रत जस्तै हो । जसरी धार्मिक ब्रतमा हामीले खाना नखाएर दिनभरी भोकै बस्ने गरिन्छ । त्यसरी नै इन्टरनेटको उपबास बस्दा पनि दिनभरी इन्टरनेट नचलाएरै बस्नु पर्ने हुन्छ । जसलाई इन्टरनेट ब्रत या इन्टरनेट फास्टिङ भन्ने गरिन्छ ।

पहिले पहिलेका मानिसहरु सय वर्षभन्दा धेरै बाँच्ने गरेका थिए । तर, अहिलेका मानिसहरुमा त्यो दीर्घ जीवन कहाँ गयो ? यो हामीहरुकै जीवनशैली र विभिन्न किसिमका प्रविधिहरुप्रतिको अत्यधिक मोहका कारण हो । चिकित्सकहरुले दीर्घ जीवन र गम्भीर प्रकृतिका रोगहरुबाट बच्नको लागि कमभन्दा कम प्रविधिको प्रयोग गर्न सुझाव दिएका छन् । उनीहरुले क्यान्सर, मुटु रोग आदिबाट बच्नको लागि पनि कम्तिमा एक दिन ‘इन्टरनेट फास्टिङ’मा बस्न सुझाव दिन्छन् ।

इन्टरनेट वा अन्य इलेक्ट्रोनिक्स डिभाइसहरुको यसरी उपवास गर्दा स्वस्थ जीवनशैलीको लागि धेरै फाइदा पुग्ने गर्छ । तर, खानामा उपवास राख्नु जस्तो सजिलो भने यो नहुनसक्छ । विभिन्न अध्ययनहरुले इन्टरनेट फास्टिङको फाइदा जनावरहरु र मानिसहरुमा समेत लाभदायक रहेको कुरा पत्ता लगाएको छ । मानिसहरुको तौलमाथि नियन्त्रण गर्नुका साथी शरीर र दिमागलाई समेत स्वस्थ राख्न लाभदायक हुने गर्छ । त्यसका साथै लामो समय बाँच्नको लागि पनि यसले भूमिका खेल्ने गर्छ । हेल्थलाइनको एउटा रिपोर्टका अनुसार यसले मुटुको रोग कम गर्न, क्यान्सर, मस्तिस्कको स्वास्थ्य जस्ता समस्याहरुबाट मानिसहरुलाई जोगाउने गर्छ ।

मनोचिकित्सकहरुका अनुसार डोपामाइन नामकको यो उपवासले क्षणिक रुपमा सुखको महसुस हुने गतिविधिहरुबाट छुटकारा पाउन सकिन्छ । डोपामाइन एक प्रकारको न्युरोकेमिकल (हर्मोन) हो । जुन दिमागले रमाइलो महसुस गर्ने गर्छ । यो हर्माेनको विशेषता नै जति धेरै त्यस्तो रमाइलो काम हुँदै जान्छ । त्यति नै धेरै त्यसको चाहना हुँदै जाने हुन्छ । यो हर्माेनका कारण नै मानिसहरु कुनै काममा मग्न हुन्छ । त्यसकारण डोपामाइनले हामीहरुको दिमागलाई रिसेट गर्छ । नशाबाट मुक्त गर्छ र दैनिक जीवनमा वास्तविक आनन्द महसुस गर्दछ ।

हाम्रो दिमागमा आएको मानसिक इच्छाशक्तिलाई नियन्त्रण गर्नु नै मानसिक र आध्यात्मिक क्रान्ति हो । त्यही नियन्त्रण गर्न नसक्दा धेरै धेरै केटा मान्छेहरु भिडियो गेमको लतमा फसेको भेटिन्छ । यस्तो लत रोक्नको लागि इन्टरनेटको उपबास राम्रो विकल्प हुने चिकित्सकहरु बताउँछन् ।

इन्टरनेटको लत छुटाउन के गर्ने ?

– लत छुटाउनको लागि हप्ताको एक दिन फोनको विकल्प खोजेर त्यसैमा रमाउने र फोनसँग दुरी बढाइराख्ने

– बिदाको दिन स्क्रिन फ्रि दिनको रुपमा

– इन्टरनेट फास्टिङ्गको प्रयोग गर्ने

– छुट्टीको दिनमा सकेसम्म फोनको प्रयोग नगर्ने

यति गरेको खण्डमा बिस्तारै बिस्तारै यसको लत छुट्दै जाने चिकित्सकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment