Comments Add Comment

६ केजी कोकिनसहित ४ जना विदेशी नागरिक पक्राउ

६ पुस, काठमाडौं । प्रहरीले काठमाडौंबाट ६ केजी अवैध लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राहदानी नम्बर एबी २७१२०६० भएको २१ वर्षका बेलारुसी नागरिक पाभेल भेसिलयू र राहदानी नम्बर केएच २४६४४२६ वाहक वर्ष २१ की एलिना एल्डोसाइना रहेका छन् । पाभेल र एलिना काठमाडौंबाट हङकङ जान लागेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

वोलिभियन नागरिक रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज भने काठमाडौंको लाजिम्पाटस्थित लस्ट गार्डेन होटलबाट पक्राउ परेका हुन् । विमानस्थलमा पक्राउ परेका पाभेल र एलिनाको वयानका आधारमा प्रहरीले उनीहरुलाई होटलबाट पक्राउ गर्न सफल भएको हो ।

विमानस्थलको प्रस्थान कक्षमा पाभेल र एलिनाको सुटकेश चेकजाँच गर्ने क्रममा दुवै जनाको सुटकेशमा रहेको ४/४ वटा ज्याकेटमा फल्स बटम बनाइ लैजान लागेको अवस्थमा ६ केजी कोकिन बरामद भएको डीआइजी दिनेश अमात्यले जानकारी दिए ।

डीआइजी अमात्यले भने, ‘बरामद गरिएका कोकिनको प्रयोग युरोपियन मुलुकका साथै जापान, चीन लगायतका देशमा हुने गरेको छ । तर नेपालमा भने यसको प्रयोग भएको पाइँदैन ।’ बरामद भएको कोकिनको बजार मूल्य करिब १५ करोड रुपैयाँ बराबरको हुन सक्ने अमात्यले बताए ।

शनिबार पक्राउ परेका चारै जनालाई लागूऔषध नियन्त्रण ऐन बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment