Comments Add Comment

चीनको चेन्दुमा हानले गर्‍यो नेपालको पर्यटन प्रवर्द्धन

६ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै होटेल संघ नेपाल (हान)ले चीनको चेन्दुमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदैछ ।

चीनको चेन्दुमा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा डिसेम्बर १६–२० सम्म नेपाल प्रवर्द्धनात्मक कार्यक्रम गरिएको हो । संघकी अध्यक्ष सृजना राणाले छिमेकी मुलुकमा आयोजना गरिएको यस कार्यक्रमले दुई देशबीच पर्यटन विकासमा टेवा पुग्ने बताइन् । उनले नेपाल भ्रमण वर्ष अवधिभर खाना र बसोबासको लागि आकर्षक छुट दिएको जानकारी दिइन् ।

चीनका लागि नेपाली राजदूत लिलामणी पौडेलले नेपाल भ्रमणका अवसरमा आयोजना गरिएको यस कार्यक्रमले चिनियाँ पर्यटकलाई नेपाल भ्रमणप्रति थप आकर्षित गर्न सहयोग पु¥याउने बताए । कार्यक्रमका दौरान आयाजित बीटुबी बैठकमा चेन्दुस्थित करिब १२० जना टुर अपरेटर सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment