Comments Add Comment

गाउँपालिकाको मोटरसाइकलको ठक्करबाट घाइते सुरक्षा गार्डको मृत्यु

७ पुस, कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बैंकका सुरक्षा गार्डको उपचारको क्रममा मृत्यु भएको छ ।

गत पुस ५ गते गौरीगंगा नगरपालिका –३ झिलस्थित पूर्वपश्चिम राजमार्गमा मोहन्याल गाउँपालिकाको से १ ब ६९१ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका राष्ट्रिय बाणिज्य बैंक शाखा चौमलाका गार्ड प्रेमराज ओझा (३७) लाई ठक्कर दिएको थियो ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले ओझाको भारतको लखनउमा उपचारका क्रममा आइतबार मृत्यु भएको जानकारी दिए । उनले ओझालाई ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment