+
+

होटल व्यवसायी महासंघको अध्यक्षमा शाह

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ७ गते १३:४१

७ पुस, बुटवल । होटल व्यवसायी महासंघ नेपालको तेस्रो महाधिवेशनवाट बुटवलका हिराध्वज शाह अध्यक्षमा निर्वाचित भएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके (चितवन) र महासचिवमा विरमन्जन बटाला (सुदुरपश्चिम) निर्वाचित भएका छन् । महासंघको प्रथम उपाध्यक्षमा जनकबहादुर शाही, द्वितीय उपाध्यक्ष(संगठन)मा केपी शर्मा, उपाध्यक्ष (प्रशासन)मा इच्छाबहादुर वाग्ले, इमान्दु बराल, विश्वराज खनाल र महिला उपाध्यक्षमा मीनादेवी गौतम निर्वाचित भएका छन् ।

महासंघको उपमहासचिवमा शेरबहादुर थापा, कोषाध्यक्षमा तिलकबहादुर कार्की, सहकोषाध्यक्षमा मोदनाथ बेल्बासे, सचिवहरुमा दीर्घमान गुरुङ, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, तुल्सीराम भण्डारी,राजु अधिकारी र गणेश बहादुर खड्का निर्वाचित भएका छन् ।

सुर्खेतमा सम्पन्न महाधिवेशनले पदाधिकारीसहित सिंगो कार्यसमिति निर्विरोधरुपमा निर्वाचित गरेको हो ।

महासंघको केन्द्रिय सदस्यहरुमा लालबहादुर केसी, नारायण सेन वली, ढुडिराज अधिकारी, राजेश महोत्रा क्षेत्री,भोलानाथ उप्रेती, कलम वम, भरतकुमार भटृराई, जनकबहादुर सिंह, दुर्गा बहादुर वस्नेत, भक्त बहादुर आरसी, ईन्द्र बहादुर शाही,उदय बहादुर शाही, गणेश कोइराला निर्वाचित भएका छन् ।

विकास डिसी, गोपाल प्रसाद गिरी, तुल बहादुर कडेल, निमबहादुर थापा, प्रेमकुमार श्रेष्ठ, बालकृष्ण पौडेल, ताराप्रसाद आचार्य, पिताम्वर पौडेल, डासीराम ढकाल, मित्र प्रसाद ढकाल, संन्दीप कुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, पंकज मल्ल, हरिशशरण पाण्डे, कृष्णबहादुर कार्की, तुल्सीराम भण्डारी,मधुसुधन थपलिया, रचेन्द्रसिंह थापा, लक्ष्मी खड्का कार्की, कुलबहादुर वस्नेत, श्याम कुमार मण्डल, लक्ष्मी भण्डारी वली, सुनिता पन्त पौडेल, विमला बुढा, धनदेवी चोखाल, भाई चन्द्र श्रेष्ठ, कल्पना तामाङ, सीता देवी चौधरी र पशुपति ढकाल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

महासंघको लेखा समिति संयोजकमा धनेश्वर भण्डारी, उपसंयोजकमा देउमान योङहाङ. र सदस्यमा युवराज भण्डारी, मोहिनी प्रसाद आर्चाय, बाबुराम न्यौपाने, सविन श्रेष्ठ, निलेशराज भण्डारी, महेश कुँवर, धनबहादुर बटाला, नारायण बहादुर सिलवाल र गोरख रावल निर्वाचित भएका निर्वाचन समितिका यमलाल भुसालले जानकारी दिए ।

महासंघमा देशभरका करिब ८० हजार होटेल व्यवसायी आवद्ध ७७ वटै जिल्लाको प्रतिनिधित्व रहेको छ ।

नवनिर्वाचित अध्यक्ष शाहले सरकारसँग सहकार्य गरेर नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउने पहिलो प्राथमिकता रहेको अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?