Comments Add Comment

यी हुन् यस वर्षका सबैभन्दा असुरक्षित पासवर्ड, भुलेर पनि प्रयोग नगर्नुस्

साइबर विज्ञहरुका अनुसार साइबर आक्रमणको सबैभन्दा प्रमुख कारण इन्टरनेट कमजोर पासवर्ड रहने गरेको छ ।

त्यसैले साइबर सुरक्षाका लागि अनलाइन अकाउन्टको पासवर्डहरु सुरक्षित तथा मजबूत हुनु आवश्यक छ ।

सेक्योरिटी सर्भिस कम्पनी स्प्लास डाटाले इन्टरनेट जगतमा ह्याक गरेर लिक गरिएका ५० लाखभन्दा धेरै पासवर्डहरुको अनुसन्धान गरेको छ । सो अनुसन्धानपश्चात् कम्पनीले सन् २०१९ का सबैभन्दा असुरक्षित पासवर्डको सूचि सार्वजनिक गरेको छ ।

यदि तपाइँले पनि आफ्नो कुनै अनलाइन अकाउण्डमा यी मध्ये कुनै पासवर्ड प्रयोग गर्नुभएको छ भने आजै परिवर्तन गर्नुहोला । किनकी यी पासवर्डहरु यस वर्ष सबैभन्दा धेरै ह्याक भएका पासवर्डमा परेका छन् ।

पछिल्ला धेरै वर्षहरुझैँ यो वर्ष पनि 123456789 सबैभन्दा असुरक्षित पासवर्डको पहिलो स्थानमा परेको छ । दोश्रो स्थानमा 123456 रहेको छ ।

त्यस्तै तेश्रो स्थानमा qwerty, चौथो स्थानमा password र पाँचौ स्थानमा 1234567 रहेका छन् ।

यी हुन् सबैभन्दा असुरक्षित ५० पासवर्ड

1.      123456

2.      123456789

3.      qwerty

4.      password

5.      1234567

6.      12345678

7.      12345

8.      iloveyou

9.      111111

10.  123123

11.  abc123

12.  qwerty123

13.  1q2w3e4r

14.  admin

15.  qwertyuiop

16.  654321

17.  555555

18.  lovely

19.  7777777

20.  welcome

21.  888888

22.  princess

23.  dragon

24.  password1

25.  123qwe

26.  666666

27.  1qaz2wsx

28.  333333

29.  michael

30.  sunshine

31.  liverpool

32.  777777

33.  1q2w3e4r5t

34.  donald

35.  freedom

36.  football

37.  charlie

38.  letmein

39.  !@#$%^&*

40.  secret

41.  aa123456

42.  987654321

43.  zxcvbnm

44.  passw0rd

45.  bailey

46.  nothing

47.  shadow

48.  121212

49.  biteme

50.  ginger

हालै गुगलले प्रयोगकर्तालाई पासवर्ड लिक वा कुनै खाले ह्याकिङ्गबाट बचाउनका लागि एक खास टुल आफ्नो क्रोम ब्राउजरमा राख्ने निर्णय गरेको छ । उक्त टुलको माध्यमले प्रयोगकर्तालाई रियल टाइम सुरक्षा प्राप्त हुनेछ र आफ्नो पासवर्ड यसअघि पनि कहिल्यै लिक भएको थियो वा थिएन भन्नेसमेत जानकारी पाउन सकिनेछ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment