Comments Add Comment

मुस्कानको सहयोगका लागि ‘बुद्ध बर्न इन नेपाल’को विशेष शो

सोमबार चलचित्र ‘बुद्ध वर्न इन नेपाल’को विशेष शो आयोजना गरिएको छ । काठमाण्डौंको वीग मुभिजमा आयोजित विशेष शोमा राजनीति र चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिती थियो । करिब चार बर्ष पहिले नै यो चलचित्र हलमा लागिसकेको थियो ।

सोमबार विशेष शो भने एसिड पीडित मुस्कान खातुनको सहयोगका लागि गरिएको थियो । ‘लाइन्स क्लब अफ काठमाण्डौ’ले मुस्कानलाई सहयोग गर्ने उद्देश्यले उक्त शोको आयोजना गरेको थियो । विशेष शोबाट उठेको रकम मुस्कानको उपचारको लागि दिइएको छ ।

अबको केही दिनमा विशेष शोबाट उठेको रकम र थप केही रकम जोडेर मुस्कानलाई हस्तान्तरण गरिने आयोजक संस्था लाइन्स क्लवले बताएको छ ।चलचित्रको विशेष शोमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि उपस्थित थिए । उनले मुस्कानको सहयोगको लागि यस्ता कार्यक्रमहरु हुनु निकै राम्रो भएको बताए । उनले भने–‘जसले जहाँबाट सक्छ सोही स्थानबाट सहयोग गर्ने हो । यो उदारणिय काम हो ।’ मुस्कानको पढाईको लागि सरकार समक्ष सहयोगको कुरा गर्ने पनि उनले विश्वास दिलाए ।

विशेष शोमा यो चलचित्रका नायक तथा निर्माता रमित ढुंगाना पनि उपस्थित थिए । उनले, आफूले मुस्कानको सहयोगका लागि चलचित्र उपलब्ध गराएको बताए । चलचित्र हेर्न मुस्कान पनि हलमा पुगेकी थिइन् । चलचित्र हेरेपछि मुस्कानले भनिन्–‘मलाई अहिलेसम्म धेरै जनाले सहयोग गर्नुभएको छ । यो सहयोगको लागि पनि सम्पूर्णलाई धन्यवाद । तपाईहरुको सहयोगले मैले लक्ष्य भेट्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment