Comments Add Comment

ट्वीटरमा फलो गर्नेलाई चिनियाँ राजदूतले पुरस्कार दिने

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफूलाई ट्वीटरमा फलो गर्नेलाई पुरस्कार घोषणा गरेकी छन् । तर पुरस्कृत हुनका लागि यान्छीलाई ‘फलो’ गरेर मात्रै पुग्दैन ।

राजदूत यान्छीको पोस्टलाई रि–ट्विट, कमेन्ट र एक जना साथीलाई ट्यागसमेत गर्नुपर्नेछ । २६ डिसेम्बर मध्यान्ह १२ बजेसम्म आफूलाई फलो, रि–ट्वीट, कमेन्ट र ट्याग गर्नेमध्ये पाँच जनालाई पुरस्कार दिइने यान्छीले ट्वीटरबाट जानकारी दिएकी छन् ।

२७ डिसेम्बरबाट काठमाडौंमा सुरु हुने चिनियाँ चलचित्र महोत्सवलाई लक्षित गर्दै राजदूत यान्छीले यस्तो प्रतियोगिता घोषणा गरेकी हुन् । उनले पुरस्कृतलाई महोत्सवकै दुई वटा टिकट उपलब्ध गराउने जनाएकी छन् ।

गत जुनदेखि ट्वीटर एकाउन्ट सञ्चालन गरेकी यान्छीले २९ जनालाई फलो गरेकी छन् । त्यसमध्ये नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रमुख विपक्षी दलका नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल गरी पाँच नेपालीलाई फलो गरेकी छन् ।

यान्छीको पिआरसिएएमबी नेपाल ह्याण्डलको फलोअर संख्या ९ हजार ८ सय भन्दा बढी छ । चीनमा भने ट्वीटर, फेसबुक, गुगल, इन्स्टाग्राम लगायतका सञ्जाल प्रतिबन्धित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment