+
+
Shares

कुलमान घिसिङ र डा.सन्दुक रुइतलाई हेमबहादुर मल्ल सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १७:३४

८ पुस, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जनप्रशासन संघले संयुक्त रुपमा प्रदान गर्ने हेमबहादुर मल्ल सम्मान कुलमान घिसिङ र डा.सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । आगामी शुक्रबार प्रदान गरिने पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ ।

वर्ष २०७३ बाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र २०७४ बाट तिलगंगा आखा अस्पतालबाट कार्यकारी निर्देशक डा रुइतलाई प्रदान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्मान छनौट समितिका संयोजक एवं राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले देशमा लोडसेडिङ हटाउन अतुलनिय योगदान गरेको भन्दै घिसिङ र आँखा उपचारमा अतुलनीय योगदानका लागि डा.रुइतलाई सम्मानका लागि योग्य भएको बताए । पुरस्कार उपराष्ट्रपति नन्दकिशोर पुनको हातबाट शुक्रबार प्रदान गरिने छ । २०५९ सालमा स्थापना भएको सम्मान हालसम्म १३ जनालाई प्रदान गरिसकिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका पूर्वमहाप्रर्वन्धक हेमबहादुर मल्लले २५ वर्ष कर्पोरेसनमा सेवा गरेका थिए । साल्ट ट्रेडिङलाई पहिचान योग्य संस्थाको रुपमा चिनाउन मल्लले निभाएको भूमिकाको सम्मान गर्दै यो सम्मानको गठन गरिएको कर्पोरेसनले जनाएको छ । साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले रेलमोडल प्रशासक तथा व्यवस्थापकको रुपमा मल्लको स्मरण गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?