+
+

बुटवलमा ८० बिघा जमिनको नाप जाँच सुरु

‘अव्यवस्थित बसोबास व्यवस्थापन र सुकुम्बासी जग्गाको तथ्याङक संकलन’

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७६ पुष ८ गते १७:४४

८ पुस, बुटवल । बुटवल उपमहानगरपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क संकलनको काम थालिएको छ ।

मंगलबार एक कार्यक्रमकाबीच उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अब्यवस्थित बसोबास ब्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँच एवं अभिलेखिकरण शुभारम्भ गरे । बुटवल ११ देवीनगर संजिवनी चोकबाट नापजाँच सुरु गरिएको हो ।

सुबेदीले भने, ‘तथ्याङ्क संकलनलाई विवाद रहित र न्यायपूर्ण बनाउनका लागि सामाजिक संघ-संस्था, जनता तथा जनप्रतिनीधीहरुले सहयोग गर्नुस्, पहिलो चरणको नापी सकेपछि दोस्रो चरणको नापी गर्छौं, अब नगरका सबै सुकुम्बासी तथा सार्वजनिक जग्गाको तथ्याङ्क संकलन हुन्छ ।’

नगरको प्रथम बैठकबाट पारित योजना अनुसार अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक गग्गा व्यवस्थापन समितिले तथ्याङ्क संकलनको लागि नापी सुरु भएको हो ।

चैत्र मसान्तभित्र पहिलो चरणको मापन सकिने छ । सुरुवातमा वडा नं ११ को लालपुर्जा जग्गालाई सिमानामानी ८० बिघा क्षेत्रफल मापन गरिने उनले बताए ।

प्राविधिक काम भएकाले पनि केही ढिलाइ हुन उनले बताए । गाँस, बास र कपासको ब्यवस्था संविधानमा उल्लेख भएकाले पनि कसैलाई नआत्तिन उनले आग्रह गरे  । वडा नं ११ का वडाअध्यक्ष तथा नापजाँचका संयोजक रामचन्द्र क्षेत्रीले १८ हजार घरधुरीको लगत संकलन भएको बताए ।

आधुनिक ढंगबाट नापजाँचको लागी ग्लोबल टेण्डर आव्हान गरि क्रियशन एजुकेशनल एण्ड कन्ट्रक्सन प्रालिलाई जिम्मा दिइएको नगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

जग्गाको तथ्याङ्क संकलनका लागि नगरले ११ लाख ९२ हजार बढी बजेट विनियोजन भएको छ ।

नगरभित्र कूल १६ हजार ५ सय घरधुरी अव्यवस्थित तथा सुकुम्बासी रहेकोमा वडा नम्बर ११ देविनगरमा सबैभन्दा बढी ६ हजार ५ सय घर–धुरी रहेका छन् । नापी अवधिभर तथा नापी भइसकेपछि खाली जग्गामा संरचना नबनाउन तथा बिक्रि वितरण नगर्न यसअघि नै सुचना भइसकेको छ ।

नापीका क्रममा रंगशालामार्गमा ढल, खानेपानी र सडकका लागि ५१ फिटको बाटो छोडिने छ भने त्यसभन्दा तलका मार्गहरुमा हाल रहेका बाटोको चौडाईअनुसार नै रहनेगरी तथ्याङ्क संकलन हुने उपमहानगरले जनाएको छ ।

तिनाउ नदी करिडोरको डीपीआर अन्तिम चरणमा पुगेको छ । मापदण्ड अनुसार नदीको वहाव क्षेत्र छाडेर त्यसभन्दा माथी करिडोरका लागि १५ मिटरको बाटो बनाइने र करिडोरमा पर्ने बस्तीहरुलाई हटाइने छ ।

वास्तविक सुकुम्बासी र विपन्न वर्गहरुलाई अन्यत्र पुर्नवास गराइने छ । पुर्नवास लागि नगरले ४ विगाह जग्गा पहिचान गरेर राखीसकेको बुटवल ११ का वडाध्यक्ष क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?