Comments Add Comment

राजधानी ६ बजे सुत्छ, नाइट लाइफ ब्यूताऊँ : मन्त्री भट्टराई

९ पुस, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजधानीमा पर्यटन आकर्षण गर्न रात्रीकालीन गतिविधि बढाउनु पर्ने बताएका छन ।

राजधानी साँझ ५/६ बजे नै सुनसान हुने भन्दै उनले उपत्यकाको नाइट लाइफ जीवन्त राख्न आग्रह गरे । बुधबार राजधानीभित्रका महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले भने, ‘राजधानी ५/६ बजे नै सुतिसक्छ, तर, भ्रमण वर्षमा नाइटलाइफ जीवन्त राखौं, मठमन्दिरलाई लाइटिङ गरौं ।’

मन्त्री भट्टराईले भ्रमण वर्षमा सक्रिय सहभागिताका लागि सबै स्थानीय तहलाई आग्रहसमेत गरे । उपत्यकाभित्रका सम्पदा जोड्ने गरी बस चलाउन सक्ने सम्भावनाबारे अध्ययन गर्न आग्रहसमेत गरे ।

मन्त्रालयले बुधबार काठमाडौं उपत्यका भित्रका स्थानीय तहका प्रतिनिधिसँग भ्रमण वर्षको तयारीबारे छलफल गरेको छ ।

उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालमा भन्दा विदेशमा प्रवर्द्धनका कार्यक्रम केन्द्रित गर्न सुझाव दिए ।

उनले भ्रमण वर्षमा काठमाडौं महानगरपालिकाले सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment