
९ पुस, बुटवल । बुटवल उपमहानगरपालिकाले बिहीबार नगरभित्रका विद्यालयमा विदा दिएको छ । बिहीबार विहान ८ देखि ११ः ४५ बजेसम्म सूर्यग्रहण लाग्ने भएकाले बिदा दिएको उपमहानगरपालिकाले जनाएको छ ।
वैज्ञानिक मान्यताअनुसार उक्त समयमा सूर्यबाट अल्ट्राभायोलेट किरण आउने भई आँखालाई हानी पुर्याउने हुँदा विद्यालयमा विदा दिएको उपमहानगरपालिकाका अधिकृत टीकाराम पन्थीले जानकारी दिए । बिहीबारको विदा स्थानीय विदाबाट कट्टी हुने गरी मिलाएको उपमहानगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4