९ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब न्युरोड टिम एनआरटीसँग २-१ ले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा २३ औं मिनेटमा जुनियर एनगुएनेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए ।
७१ औं मिनेटमा जोर्डन एनडेम्बा दोहोरो पहेँलो कार्ड पाएर मैदान छाडेर १० खेलाडीमा सीमित हुँदा पनि च्यासलले त्यसको फाइदा उठाउन सकेन । बरु एनआरटीले ८६ औं मिनेटमा गोल थप्यो ।
दर्शन गुरुङले काउन्टर अट्याकमा प्राप्त बल गोलमा परिणत गर्दै एनआरटीको अग्रता दोब्बर पारे । च्यासलका अमिर श्रेष्ठले इन्जुरी समयको पाँचौं मिनेटमा सान्त्वना गोल गरे ।
यस सिजन च्यासलको यो पहिलो हार हो भने एनआरटीको दोस्रो जित हो । दुवै टिमको ३ खेलबाट समान ४ अंक छ । एनआरटीले दुई खेलबाट ६ अंक जोडे पनि गत सिजन पुछारमा रहेकोले २ अंक ऋण तिरेपछि ४ अंक मात्र भएको हो ।
प्रतिक्रिया 4