Comments Add Comment

मोदी सरकारका पूर्वसल्लाहकार भन्छन्- भारत गम्भीर आर्थिक संकटमा

१० पुस, काठमाडौं । नरेन्द्र मोदी सरकारका पूर्वप्रमुख आर्थिक सल्लाहकार अरविन्द सुब्रमण्यमले भारत गम्भीर आर्थिक संकटमा परेको बताएका छन् । उनले भनेका छन्, ‘भारत सामान्य आर्थिक संकटमा होइन बरु धेरै गम्भीर संकटमा परेको छ ।’

यसअघि सुब्रमण्यमले भारतको जीडीपी तथ्यांक गलत रहेको खुलासा गरेका थिए । उनका अनका अनुसार सन् २०११ देखि २०१६ को बीचमा भारतको जीडीपी २.५ प्रतिशत बढाएर भनिएको थियो । जीडीपी सम्पन्न अर्थव्यवस्थाको पूर्ण मानदण्ड होइन भन्दै उनले भनेका थिए, ‘२०११-१२ देखि सन् २०१६-१७ को बीचमा भारतको जीडीपीको वास्तविक वृद्धिदर ४.५ प्रतिशत थियो, तर सरकारको आधिकारिक तथ्यांकमा ७ प्रतिशत लेखियो ।’

अहमदावादको आईआईएम र इंग्ल्याण्डको अक्सफोर्ड विश्वविद्यालयमा पढेका सुब्रमण्यम् मोदी सरकारको पहिलो कार्यकालमा तीन वर्षसम्म मुख्य आर्थिक सल्लाहकार थिए । भारतमा विख्यात अर्थशास्त्री मानिने सुब्रमण्यमले जुन जीडीपीलाई विश्वस्तरमा स्वीकार गरिएको छ, त्यसलाई पुनर्विचार गर्नु आवश्यक रहेको बताउँछन् ।

न्यूज च्यानल एनडीटीभीसँग कुराकानी गर्दै उनले भारतको आर्थिक संकट गहिरिएको बताएका छन् । उनले भनेका छन्, ‘गैर पेट्रोलियम पदार्थको आयात तथा निर्यातको दर क्रमशः ६ प्रतिशत र एक प्रतिशतले घटेको छ । क्यापिटल गुड्स इन्डस्ट्रीको वृद्धिदरमा १० प्रतिशतले कमी आएको छ । उपभोग्य पदार्थको उत्पादन वृद्धिदर दुई वर्ष अघि पाँच प्रतिशत थियf]mे अहिले एक प्रतिशत छ । यी तथ्यांकहरुबाट थाहा हुन्छ भारतको अर्थव्यवस्थाको हालत कस्तो छ भन्ने कुरा ।’

निर्यात, उपभोग्य सामग्री र राजश्वको तथ्यांक अत्यन्त निराशाजनक छ । यदि सन् २००० देखि २००२ को भारतको आर्थिक संकटलाई हेर्ने हो भने थाहा हुन्छ, त्यतिबेला जीडीपी वृद्धिदर ४.५ प्रतिशत थियो तर बाँकी तथ्यांकहरु सकारात्मक थिए । अहिले त यी सबै तथ्यांक यात नकारात्मक छन्, या नकारात्मकको नजिक छन् । यो कुनै कुनै सामान्य आर्थिक संकट होइन, बरु यो भारतको गम्भीर आर्थिक संकट हो ।’

अरविन्दका अनुसार अर्थव्यवस्थाका मुख्य तथ्यांक लगानी, निर्यात र आयातमा वृद्धिले रोजगारी सिर्जना गर्छ तर सबै खस्किँदै गएको छ । सरकारले सामाजिक कार्यक्रममा कति राजश्व खर्च गरिरहेको छ भनेर पनि हामीले हेर्नुपर्छ । तर नोकरी र आम्दानीमा लगातार गिरावट आइरहेको छ ।

यसै वर्षको मे महिनामा मोदी सरकारका मुख्य आर्थिक सल्लाहकार पदबाट अरविन्द सुब्रमण्यमले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment