Comments Add Comment

गाईको दुध कति लाभदायक ?

सबै स्तनधारीहरुको जीवनमा दुधको अति नै महत्व हुन्छ । शिशु जन्मनासाथ आमाको स्तनबाटै दुध पिउन थाल्छन् ।

जनावरको बच्चाले एउटा समयपछि आमाको दुध पिउन छाडिदिन्छन् र अन्य जनावरजस्तै अन्य चीज खान थाल्छन् । तर, मानिसको बच्चाले आमाको दुध छाडेपछि पनि अरु स्तनधारी जनावर जस्तै गाई, भैंसी, भेडा आदिको दुध पिउन थाल्छन् ।

मानिस मात्र एउटा त्यस्तो प्राणी हो, जसले अरु जनावरको दुधमा आँखा लगाउने गर्छ । दुध मावन स्वास्थको लागि, खासगरी हड्डीको लागि अति नै आवश्यक हुन्छ भन्ने आम मानिसहरुको धारणा हुन्छ । तर, नयाँ सर्वेक्षण अनुसार अरु जनावरहरुको दुध पिउनु अनावश्यक, अप्राकृतिक र हानिकारक समेत हुने गरेको छ ।

मानिसले आजभन्दा ११ हजार वर्ष पहिला गाई पाल्न सुरु गरेका थिए भन्ने मान्यता छ । तर, दुधमा समावेश भएको ल्याक्टोज सुगरलाई चिन्ने क्षमता भने मानिसले केवल दस हजार वर्ष अगाडि मात्र विकसित भएको मानिन्छ ।

यसको सुरुवात दक्षिण-पश्चिम एशियाबाट भएको हो, जुन बिस्तारै -बिस्तारै यूरोपसम्म फैलिन थाल्यो । त्यही कारणले आज संसारमा केवल तीस प्रतिशत मानिसमा मात्र वयस्क भएपछि पनि ल्याक्टेज नामक इन्जाइम बन्छ ।

बाँकी मानिसहरुमध्ये बाल्यवस्थामा आमाको दुध पिउन छाडेपछि उनीहरुको शरीरमा ल्याक्टेज इन्जाइमको उत्पादन पनि बन्द हुन्छ । त्यसपछि मानिसहरु दुधमा समावेश सुगर ल्याक्टोजलाई पचाउन सक्दैन थिए । उनीहरुको शरीरमा रिएक्सन हुन्थ्यो । यूरोपीय, केही अपि|mकी, मध्य-पूर्वी तथा दक्षिण एशियाका मानिसहरुबाहेक संसारका धेरै मानिसहरुलाई दुधको सुगर ल्याकटोजले एलर्जी हुन्छ । अमेरिकामा यूरोपीय मुलुकका ९ प्रतिशत मानिसहरुले मात्र दुध पचाउन सक्छन् । उनीहरु समेत दुधबाट बच्न चाहन्छन् ।

वास्तवमा यसका विभिन्न कारणहरु छन् । जस्तै, स्वास्थ र पशुपालनले पर्यावरणमा हुने नोक्सान आदि । यिनै कारणहरुले अमेरिकामा दुग्ध पदार्थ र गाईको दुधको विकल्पमा प्रस्तुत गरिएको उत्पादनहरु बजारमा तीब्र रुपमा बढेको छ ।

गाईको दुध छाडेर ती विकल्पहरुलाई अपनाउनु स्वास्थका लागि कत्तिको फाइदाजनक हुन्छ ? भन्ने प्रश्न उठ्छ । गाईको दुधबाट हामीलाई जुन पोषक तत्व प्राप्त हुन्छ, त्यो हामी ती वैकल्पिक उत्पादनहरुबाट प्राप्त गर्न सक्छौ ? र के दुध पिउनाले मानिसहरुमा ल्याक्टोजको एलर्जी बढ्छ ?

गाईको दुधमा कस्तो पोषक तत्व हुन्छ ?

गाईको दुधमा प्रोटिन र क्याल्सियमको मुख्य स्रोत हुन्छ । साथै यसको माध्यमले हामीलाई भिटामिन-बी १२ र आयोडिन बढी मात्रामा प्राप्त हुन्छ । यसमा म्याग्नेसियम पनि हुन्छ, जुन हड्डीलाई बढाउन र मांसपेशीहरुलाई काम गराउनमा सहयोगी हुन्छ । एउटा सर्वेक्षणका अनुसार मट्ठा र क्यासिन जस्ता दुग्ध उत्पादन उच्च रक्तचापलाई नियन्त्रित राख्नमा सहयोगी साबित भएका छन् ।

बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार एक वर्षदेखि तीन वर्षसम्मका बच्चाहरुले हड्डीहरुको सही विकासका लागि ३ सय ५० मिलिग्राम क्याल्सियम हरेक दिन लिनुपर्छ । यद्यपि, वयष्कहरुको हड्डीहरुलाई स्वास्थ राख्नमा गाईको दुध कति प्रभावकारी हुन्छ, त्यसमाथि गरिएका अध्ययनहरुले अलग-अलग नतिजा दिएका छन् ।

त्यसमध्ये अधिकांश अध्ययनहरुले हड्डीहरुका लागि क्याल्सियम अति अनिवार्य हुन्छ भन्ने कुरा पत्ता लगाएको छ । यद्यपि, के अधिक क्याल्सियम भएको खानपानले हड्डीहरु भाँचिनबाट रोक्नलाई सहयोग पुर्‍याउँछ ? यो कुरा पत्ता लागेको छैन । अध्ययनहरुले समेत यस बारेमा खुलेर केही पनि भनेको छैन । यद्यपि, केही अध्ययनहरुको नतिजाका अनुसार अत्यधिक दुध पिउनाले हड्डी टुट्ने सम्भावना अझ बढी हुन्छ ।

स्वीडेनमा गरिएको एउटा अध्ययन अनुसार जो महिलाहरु आधा गिलासभन्दा कम दुध प्रतिदिन पिउँछन् । उनीहरुको हड्डी टुट्ने खतरा अत्यधिक हुन्छ । त्यसो त उक्त अध्ययन गर्नेहरुले सतर्कता अपनाउँदै उक्त कुरा बताएका थिए । उनीहरुको एउटा धारणा के पनि थियो भने जो महिलाहरुमा हड्डी टुट्ने प्रवृत्ति अत्यधिक हुन्छ, उनीहरु अत्यधिक दुध पिउँछन् ।

यद्यपि, किशोरावस्थामा क्याल्सियम हाम्रो हड्डीहरुको विकासका लागि अत्यधिक अनिवार्य छ । यो उमेरमा यदि हाम्रो हड्डीहरु सही तरिकाले विकसित भएनन् भने अधबैंसे उमेरपछि हामीलाई हड्डीसँग सम्बन्धित समस्याहरुले सताउन थाल्छ । खासगरी महिलाहरुमा यसको कमीको महसुस धेरै हुन्छ ।

मासिक धर्म बन्द भएपछि उनीहरुमा ओस्ट्रोजेन हार्मोनको उत्पादन पनि बन्द हुन्छ । जसका कारण हड्डीहरुको पुनर्निमाणको काम सुस्त हुन्छ । त्यसैले महिलाहरुको हड्डीहरु निकै कमजोर हुन पुग्छन् ।

दुधसँग सम्बन्धित स्वास्थ्य चिन्ताहरु

हालैका दशकहरुमा दुधलाई लिएर अर्को एउटा चिन्ता व्यक्त गरिएको छ । गाईले गर्भावस्थामा पनि दुध दिन्छ । यद्यपि, त्यसक्रममा दुधमा ओस्ट्रोजेन हार्मोनको मात्रा २० गुणा बढी हुन्छ । ओस्ट्रोजेनको अत्यधिक मात्राको सम्बन्ध क्यान्सरसँग रहेको पाइएको छ ।

अनुशन्धानकर्ताहरुले महिलाहरुमा हुने स्तन क्यान्सर, पाठेघरको क्यान्सर तथा गर्भाशयको क्यान्सरसँग यसको सोझो सम्बन्ध देखेका छन् । तर, अमेरिकामा भएको अर्काे एक अनुसन्धानका अनुसन्धानकर्ता लारा हर्नान्डेसका अनुसार गाईको ओस्ट्रोजेन भएको दुधसँग डराउनु पर्ने आवश्यकता छैन । महिलाको दुधमा पनि हार्मोन हुन्छ । यो स्तनधारीहरुको एउटा अंग हो ।

दुधमा चिल्लोपनाको मात्रा अत्यधिक हुन्छ । त्यसो त अर्को एउटा धारणा के छ भने दुध धेरै पिउनाले मुटुको बिमारीहरु हुने खतरा समेत बढ्छ ।

अध्ययनले के भनेको छ भने दुधमा केवल ३ दशमलव ५ प्रतिशत मात्र चिल्लोपना हुन्छ । हल्का तर निकालिएको दुधमा करिव १ दशमलव ५ प्रतिशत तथा प्रशोधित दुधमा ० दशमलव ३ प्रतिशतमात्र चिल्लोपना हुन्छ । मिठास नभएको सोया, बदाम, नरिवल, ओट तथा चामलबाट बनेको डि्रङ्कमा दुधभन्दा पनि कम चिल्लोपना हुन्छ ।

फिनल्याण्ड विश्वविद्यालयका प्रोफेसर जेरिका विरतानेनका अनुसार दुधमा प्रचुर मात्रामा प्रोटिन हुन्छ । जो व्यक्ति बढी दुध पिउँछन्, उनीहरुको भोक दुधले नै मेटाउँछ ।

त्यसकारण उनीहरुले अन्य पौष्टिक आहारा लिँदैनन् । जसका कारण उनीहरुलाई मुटुको रोग लाग्ने खतरा बढ्छ । उनी भन्छिन्-‘केवल दुधको साहरामा बस्नु स्वास्थका लागि राम्रो हुँदैन । सन्तुलित मात्रामा दुध पिइयो भने त्यसले हानि पनि गर्दैन । जो व्यक्तिले दुधको मिठासलाई पचाउन सक्दैनन्, उनीहरुले पनि कहिलेकाहीँ उचित मात्रामा दुध लिन सक्छन् । यो कुरा पनि अध्ययनबाट प्रमाणित भैसकेको छ ।’

त्यही पनि एउटा ठूलो जनसंख्या गाईको दुध पिउन मन पराउँदैन र अन्य विकल्पहरुको खोजीमा हुन्छ । सोया मिल्क गाईको दुधको सबैभन्दा राम्रो विकल्प हो ।

यो एउटा त्यस्तो विकल्प हो, जसमा गाईको दुधको बराबर प्रोटिन हुन्छ । अन्य प्रकारका वैकल्पिक दुधमा थुप्रै प्रकारका कमीहरु हुन सक्छन् । जुन बयष्कका लागि त ठिकै मानिन्छ । तर, बच्चाहरुका लागि उचित हुँदैन ।

वैकल्पिक दुध

अमेरिकाका पोषण विशेषज्ञ सिना गेलोका अनुसार वैकल्पिक दुधबाट ती सबै पोषक तत्व पाउन सकिन्छ । जुन गाईको दुधबाट पाउन सकिन्छ । तर, उत्तिकै मात्रामा पाउन सकिन्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । उदाहरणका लागि बदामको जुन पोषक तत्व हामीले बदाम चबाएर खानाले पाउन सकिन्छ । त्यो पोषक बदामको दुधबाट पाउन सकिँदैन ।

वैकल्पिक दुधमा अतिरिक्त पोषक तत्व पाउन सकिन्छ । जबकि गाईको दुधमा त्यो सबै तत्व प्राकृतिक रुपबाटै पाउन सकिन्छ । अमेरिकामा गाईको दुधलाई भिटामिन-डीसँग सीमित गरिएको छ । त्यसको दोस्रो पोषक तत्व जस्तो चिल्लोपना आदिलाई पूर्ण रुपले समाप्त पारिएको छ ।

त्यस्तो बेला गाईको दुध पिउनुको कुनै उपयोगिता हुँदैन । किनभने भिटामिन-डी त घामबाट पनि पाउन सकिन्छ ।

विशेषज्ञहरुका अनुसार बच्चाहरुका लागि वैकल्पिक दुधको राम्रो विकल्प नै छैन । उनीहरुका लागि गाईको दुध नै उत्तम हुन्छ ।

बेलायतका पोषण वैज्ञानिक सार्लोट स्टर्लिङ-रिडको भनाइमा जनताका लागि सरकारको तर्फबाट गाईडलाइन्स नै जारी गर्दै बच्चाहरुका लागि वैकल्पिक दुधभन्दा गाईको दुध नै उत्कृष्ट हुन्छ भनेर बताउनुपर्छ ।

यदि बच्चाहरुलाई गाईको दुधको साटो अरु नै केही कुरा पिलाइयो भने उनीहरुको स्वास्थमा नराम्रो प्रभाव पर्न सक्छ ।

गाईको दुधमा प्राकृतिक रुपमै मिठास पाइन्छ । जबकि वैकल्पिक दुधमा गुलियो मिसाइएको हुन्छ । जुन स्वास्थका लागि राम्रो मानिँदैन । त्यसैले यो पनि चिन्ताको एउटा कारण बनेको हो ।

बजारमा वैकल्पिक दुधका थुप्रै वटा विकल्पहरु छन् । त्यसैले कुन दुध किन्नु उपयुक्त हुन्छ भनेर निर्णय गर्नै गाह्रो छ । धेरै पटक त मानिसहरु गलत छनोटका कारण आफ्नै स्वास्थमा खेलवाड समेत गर्न पुग्छन् ।

यदि तपाईं सन्तुलित आहार लिइरहनु भएको छ भने तपाईंले कुन दुध पिइरहनु भएको छ भन्ने कुराले खासै फरक पार्दैन । दुध पिउनु अथवा नपिउनुले खासै फरक पार्दैन । तर, तपाईंले सन्तुलित आहारा भने लिनै पर्छ ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment