Comments Add Comment

दर्शकले संझने भूमिका ताक्दै सुपुष्पा

नायिका सुपुष्पा भट्टले आफूले अहिले दर्शकले नोटिस गर्ने भूमिकालाई पहिलो प्राथमिकतामा राखेको बताएकी छिन् । आफू अभिनित तेश्रो चलचित्र ‘चपली हाइट ३’को छायांकन सकेपछि मिडियासँग कुराकानी गर्दै भट्टले भनिन्–‘मलाई अहिले मुख्य भूमिकामा काम गर्ने कुनै पनि लोभ छैन । अहिले म दर्शकले संझने भूमिकालाई रोजिरहेकी छु । म भर्खरै यो क्षेत्रमा आएकाले पनि यो काम गर्न आवश्यक छ ।’

उनले, अभिनय गरेका ३ वटै चलचित्रमा उनी मुख्य नायिका भने होइनन् । उनी अभिनित डेब्यू चलचित्र ‘रणवीर’मा नायिका सुवेच्छा खड्का मुख्य भूमिकामा थिइन् । यस्तै, चलचित्र ‘छ माया छपक्कै’मा सुपुष्पा विशेष भूमिकामा मात्र थिइन् । चलचित्र ‘चपली हाइट ३’मा पनि नायिका स्वस्तिमा खड्का मुख्य नायिकाको रुपमा छिन् ।

सुपुष्पालाई अहिले चलचित्र मेकरले संझन थालेका छन् । उनलाई चलचित्रको अफर राम्रै गैरहेको छ । यहीकारणले पनि अहिले उनले काम गर्दा भविष्यका लागि संझिएर गर्न आवश्यक छ । सुुपुष्पा अभिनित चलचित्र ‘चपली हाइट ३’ चैत्र २८ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment