Comments Add Comment

नर्सिङ संघमा नेकपा समर्थित प्यानल बिजयी

१० पुस, काठमाडौं । नेपाल नर्सिङ संघको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी समर्थित नर्सहरुको प्यानल बिजयी भएको छ ।

बिहीबार सार्वजनिक चुनाव परिणाम अनुसार अध्यक्षमा नेकपा समर्थित प्रगतिशील समूहकी मनकुमारी राई १२ सय मतको फराकिलो अन्तर सहित निर्वाचित भएकी छन् ।

राईले ३ हजार २७६ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस समर्थित प्रजातान्त्रिक समूहकी मुना राना थापाले २ हजार ८५ मत प्राप्त गरिन् ।

अध्यक्षसहित सबै पदमा नेकपा समर्थित उम्मेदवार बिजयी भएको निर्वाचन समितिले जनाएको छ । नर्सिङ संघका वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानियाँ, महासचिवमा नर्वदा थापा, सचिवमा प्रमिला थकाली र कोषाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा विजया अधिकारी, हरिप्रसाद कोजु, सोनु शेर्पा, सपना विक, सन्जुकमारी महतो, कोहिनुर फारुकी, अम्बिका पौडेल र सीता केसी निर्वाचित भएका छन् ।
संघको २१ औं कार्य समितिका लागि बुधबार भएको निर्वाचनमा नेकपा र नेपाली कांग्रेसका अलग अलग प्यानल बनाएर नर्सहरु चुनावी मैदानमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment