+
+
Shares

उखुको खरिद मूल्य गत वर्षकै कायम

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १० गते १५:२५

१० पुस, काठमाडाैं । सरकारले गत वर्षकै उखुको खरिद मूल्यलाई निरन्तरता दिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारी दाबी छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखुको समर्थन मूल्य आइतवार मन्त्रिपरिषद्मा पेश गरेको थियो ।

समर्थन मूल्यमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान सरकारले उपलब्ध गराउने छ भने बाँकी रकम चिनी उद्योगीले किसानलाई उपलब्ध गराउने छ । उखुको समर्थन मूल्य किसान र उद्योगीहरुसँगको छलफलबाट नै तोकिएको कृषि मन्त्रालयले जनाएको छ ।

मंसिर दोस्रो साता मन्त्रालयमा उद्योगी र किसान प्रतिनिधिसंग भएको छलफलमा गत वर्षकै मूल्यमा उखु खरिद र बिक्रिका लागि समझदारी बनेको मन्त्रालयको दाबी छ । कृषि मन्त्रालयले पनि उखुको सर्मथन मूल्यबारे किसान र उद्योगीसंग छलफल गरेको थियो ।

गत वर्षकै मूल्यमा मिलहरुलाई उखु क्रसिङ गर्न समझदारी गरेर उखु काट्न सुरु गरिएको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमणि मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?