Comments Add Comment

संकटा क्लब जाउलाखेलसँग बराबरीमा रोकियो

१० पुस, काठमाडौं । गत वर्षको शहीद स्मारक ए डिभिजन लिगको उपविजेता संकटा क्लब र जाउलाखेल युथ क्लबसँग बिहीबार १-१ गोलको बराबरी खेलेको छ ।

संकटासंग अंक खोसेपछि जाउलाखेलले लिगमा अपराजित रहँदै ३ खेलबाट ५ अंक जोडेको छ । समान ३ खेलबाट संकटाले ४ अंक जोडेको छ ।

खेलको ३६ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाए । जाउलाखेलका फोडे फोफानाले फल गरेपछि त्यसैमा पाएको फ्रिकिकमा रुचालले गोल गरेका हुन् ।

७२ औं मिनेटमा ड्याडी जुनियर वाम्बाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

लिगको पहिलो खेलमा च्यासल युथ क्लबसंग पराजित भएको संकटाले दोस्रो खेलमा एनआरटीलाई पराजित गरेको थियो ।

उता पहिलो खेलमा थ्रीस्टारलाई बराबरीमा रोकेको जाउलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment