Comments Add Comment

चिसो बढेपछि बुटवलका विद्यालयमा ३ दिन विदा

१० पुस, बुटवल । बुटवलका विद्यालयमा ३ दिन चिसो विदा दिइने भएको छ ।

उपमहानगर क्षेत्रमा अत्यधिक चिसो बढेकोले पुस ११ देखि १३ गतेसम्म विद्यालयमा विदा दिने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

तीन दिनको चिसो विदा स्थानीय विदाबाट कट्टी हुने उपमहानगरपालिकाले उल्लेख गरेको छ ।

यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि विद्यालयलाई विदा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment