Comments Add Comment

प्रमाणपत्र विवादपछि चालिसेले दिए राजीनामा

१० पुस, पोखरा । पोखरा महानगरपालिकाका वरिष्ठ नगर प्रहरी निरीक्षक वसन्तप्रसाद चालिसेले बिहीबार राजीनामा दिएका छन् । २ वटा प्रमाणपत्र पेश गरी जागिर खाएको सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् ।

‘बिहीबार उहाँले राजिनामा दिनुभएको छ,’ महानगर सूचना अधिकारी भरतराज पौडेलले भने, ‘बाँकी कारबाहीको प्रक्रियामा छौं ।’ चालिसेको पहिलो नागरिकतामा जन्ममिति २०१७ फागुन ५ गते उल्लेख छ । उनले पछिल्लो पटक महानगरमा पेस गरेको नागरिकतामा जन्म मिति २०१९ चैत २७ गते छ ।

अघिल्लो प्रमाणपत्रको जन्ममितिलाई आधार मान्दा उनी सेवा निवृत्त हुनुपर्ने अवधि ९ महिना बढी भइसकेको छ । महानगरमा अवकाश तथा बढुवा गर्ने क्रममा १० भन्दा बढी कर्मचारीको फरक फरक शैक्षिक प्रमाणपत्र र नागरिकता फेला परेको थियो ।

महानगरले यसअघि नै २ थरी प्रमाणपत्र पेश गर्ने एकबहादुर बस्नेत र लोकराज घिमिरेलाई कारबाही गरिसकेको छ । २ थरी प्रमाणपत्र पेश गरेर जागिर खाएको उजुरी परेपछि ११ जना नगर प्रहरीमाथि अख्तियारले छानबिन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment