Comments Add Comment

ताप्लेजुङमा रुखले किचेर एक जनाको मृत्यु

१० पुस, ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा रुख ढल्न पुग्दा रुखले किचेर एक जनाको ज्यान गएको छ ।

आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीया पदम माया खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकीले जनाएको हो ।

प्रहरीका अनुसार बिहीबार दिउँसो घर छेउमा रहेर मेशिनले बाटो बनाएको हेर्नेक्रममा खड्कालाई अचानक ढलेको रुखले किचेको थियो । मेशिनभन्दा झण्डै पाँच मिटर पर रहेकोे सुकेको रुख मेशिनको भाइब्रेसनका कारण अचानक ढलेको हुन सक्ने चौकीका प्रहरी सहायक निरीक्षक गोपीलाल लिम्बुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment