Comments Add Comment

५४ बर्षमा सलमान

बलिउडका सफल नायक सलमान खान आजबाट ५४ बर्षमा प्रवेश गरेका छन् । सलमानको जन्मदिनको अवसरमा उनलाई उनका फ्यान, आफन्त र बलिउडकर्मीले शुभकामना दिइरहेका छन् । उनै, नायक खानले भाई सोहेल खानको घरमा जन्मदिन मनाएका छन् । सोहेलले आयोजना गरेको जन्मदिन विशेष कार्यक्रममा बलिउडका केही कलाकार समेत उपस्थित भएका थिए ।

सलमानको जन्मदिनमा नायक साहरुख खानदेखि कट्रिना कैफ, सोनाक्षी सिन्हा लगायतका बलिउड कलाकार पुगेका थिए । सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका नायक सलमान खान आजको समयमा बलिउडका सवैभन्दा सफल नायकको रुपमा चिनिन्छन् । उनले, अभिनय गरेको चलचित्र ‘दबंग ३’ अहिले हलमा चलिरहेको छ । यो दशकमा मात्र सलमान अभिनित १६ चलचित्रमध्ये १५ चलचित्र सय करोड क्लबमा प्रवेश गरेका छन् ।

सलमानको करिअरमा हिट चलचित्र थुप्रै छन् । तर, उनको करिअर केही विवादित मुद्दा र नायिकाहरुसँगको प्रेम सम्बन्धका कारण सधै नै चर्चामा रहेको छ । सलमान अहिले पनि अदालतमा मुद्दा खेपिरहेका छन् । ‘कालो हरिणको शिकारदेखि हिट एन्ड रन केस’मा सलमान खान अहिले पनि मुद्दा खेपिरहेका छन् ।

सलमानको करिअरमा केही नायिकाहरुसँगको प्रेम सम्बन्धले सधै नै चर्चा पायो । तर, उनको प्रेम सफल हुने सकेन । यसैले, सलमान ५४ बर्षको उमेरमा पनि अविवाहित नै छन् ।

सलमानको जीवनमा साहिन, सोमी अली, संगीता विजलानी, ऐश्वर्या राय, क्लाउडिया सिजला, स्नेहा उलाल, कट्रिना कैफ, उलिया वन्तुर लगायतका सुन्दरी नआएका होइनन् । तर, कोहीसँग पनि सलमानको प्रेम जीवन टिक्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment