Comments Add Comment

किया मोटर्सको सेल्टोस बुटवलमा लन्च

११ पुस, बुटवल । किया मोटर्सको सेल्टोस बुटवलमा भित्रिएको छ । सेल्स स्पेयर र सर्भिस थि्रएससहित बुटवलको कालिकानगरमा आज एक समारोहका बीचमा शोरुम बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल र कन्टिनेन्टल ट्रेडिङका प्रमुख सुह्द घिमिरेले रिवन काटेर शुभारम्भ गरे ।

भारतीय बजारमा सर्बाधिक बिक्री हुने मिड-एसयुभी बन्न सफल कियाको सेल्टोस अटोले बुटवलमा शुभारभ्भ गरेको हो ।

बुटवलमा अटो स्टेशनले किया भित्र्याएको हो । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यही साता सेल्टोस नेपाल ल्याएको थियो ।

अटो सलुसनका संचालक विमर्स श्रेष्ठले प्रदेश ५ का बिभिन्न शहरमा अब कियाले बजार जमाउने दाबी गरे ।
कन्टिनेन्टलले भारतमा निर्मित अन्य मोडल पनि नेपाल ल्याउने तयारी गरेको प्रमुख सुह्द घिमिरेले बताए ।

कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो ।

सेल्टोसमा १० इन्च स्कृन , बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी-कट स्टेरिङ, युभी ग्लास जस्ता विशेषता रहेका छन् । भारत ६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो ।

४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके, एचटिके प्लस, एचटिएक्स, एचटिएक्स प्लस भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment