Comments Add Comment

लेस्टर र म्यानचेष्टर युनाइटेड विजयी

१३ पुस, काठमाडाैं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको लेस्टर सिटी र म्यानचेष्टर युनाइटेड विजयी भएको छ ।

लेस्टरले वेष्टह्याम युनाइटेडलाई उसैको मैदानमा २-० ले पारजित गरेको हो । लेस्टरका लागि केहेलेची इहेनाचोले ४०औं र डेमेराई ग्रे ले ५६औं मिनेटमा गोल गरे ।

जितपछि लेस्टरले शीर्ष स्थानको लिभरपुलसंग अंकदूरी १० मा झारेको छ । तर लिभरपुलले लेस्टरभन्दा दुई खेल कम खेलेको छ । १८ खेलबाट ५२ अंकसहित लिभरपुल शीर्ष स्थानमा आसिन छ भने २० खेलबाट लेस्टर ४२ अकसहित दोस्रो स्थानमा छ । लेस्टरले तेस्रो स्थानको म्यानचेष्टर सिटीमाथि भने ४ अंकको अग्रता बनाएको छ । सिटीले १९ खेल खेल्दै ३८ अंक जोडेको छ ।

यस्तै बर्नलीलाई २-० ले पराजित गर्दै म्यानचेष्टर युनाइटेड पाँचौ स्थानमा उक्लेको छ । जितपछि २० खेलबाट ३१ अंक जोडेको युनाइटेडले शीर्ष चारमा पर्ने सम्भावना कायम राखेको छ ।  युनाइटेडलाई जित दिलानउ एन्टोनी मार्सिएल र मार्कुस रासफोर्डले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment