Comments Add Comment

नेपाली बालबालिका यसरी फस्दैछन् इन्टनेटको कुलतमा

अहिले १२/१३ वर्षको उमेर पुग्ने बित्तिकै सामाजिक सञ्जालमा आफ्नो एकाउन्ट खोल्नेहरुको संख्या बढेको छ । त्यो पनि एकभन्दा धेरै । जसका कारण उनीहरु विभिन्न जोखिमहरु फस्ने गरेका छन् । फेसबुकमै प्रेम सम्बन्ध, यहाँ नै एकअर्काबीच सामान्य चिनजानकै आधारमा भेटघाटको वातावरण बन्छ । त्यहीँबाट भेटघाट बाक्लिन थाल्छ । योसँगै सम्बन्धमा विभिन्न किसिमका समस्याहरु आउने गर्छ ।

यही समस्या देखिएको छ पछिल्लो पुस्ताका बालबालिकाहरुमा । एक अध्ययनले दिएको जानकारी अनुसार बालबालिकाको उमेरमा नै इन्टरनेटको कुलतमा फस्नेहरु र त्यसको जोखिम विशेषगरी बढ्दै गएको छ । जुन अत्याधुनिक प्रविधि र फेसबुकमा फस्दै गएको बालबालिकाको कुलतको नतिजा हो ।

बालबच्चाहरुमाथि हुने यौन हिंसा र अरु विषयमा समेत अध्ययन गर्ने लक्जेम्वर्गको एउटा संस्था इक्याप्टले यस विषयमा अध्ययन गरेको थियो । सो संस्थाले गरेको अध्ययनले बच्चाहरुको ज्ञान, स्वभाव र अभ्यासको आधारमा बालबच्चाहरुमा इन्टरनेटकै माध्यमबाट ठूलो जोखिम बढिरहेको देखाएको छ । अध्ययनमा समेटिएकाहरु मध्ये धेरैले इन्टरनेटको प्रयोगबाट सम्भावित जोखिमको बारेमा आफूलाई केहीपनि जानकारी नभएको बताए ।

संस्थाले गरेको विभिन्न दुईवटा अध्ययन रिपोर्ट अनुसार धेरै बालबच्चाहरु राति अबेरसम्म इन्टरनेटमा रमाउने गरेको उल्लेख छ । त्यसमध्ये पनि धेरै बच्चाहरु दिउँसो र राति पनि एक्लै इन्टरनेटमा रमाउन चाहन्छन् । जसमध्ये धेरैलाई आफैंमाथि इन्टरनेट र सामाजिक सञ्जालबाटै भएको यौन दुव्र्यवहारको बारेमा समेत जानकारी नहुने गरेको उल्लेख छ ।

अध्ययनका अनुसार कूल अध्ययनमा सहभागीहरु मध्ये ७२ प्रतिशतले आफ्नो फेसबुक एकाउन्ट रहेको बताएका थिए । सो संस्थाले यो यसपटक गरेको नयाँ नयाँ टेक्नोलोजीहरुले विभिन्न स्थानका बालबालिकाहरुमा पारेको असरको बारेमा अध्ययन गरेको थियो । यस अघि २०१७ मा सोही संस्थाले बालबच्चाहरुमाथि हुने यौन हिंसाको बारेमा गरेको अध्ययनले सामाजिक सञ्जालबाटै धेरै यौन दुव्र्यवहारका घटनाहरु घटेको उल्लेख गरेको थियो ।

काठमाडौं उपत्यका र यसको आसपासका क्षेत्रहरुमा कूल ४५२ जनामा संस्थाले गरेको अध्ययन अनुसार ती कसैलाई पनि सामाजिक सञ्जालमा हुने यौन दूर्व्यवहारबाट बच्नको लागि कुनैपनि माध्यमबारे जानकारी छैन । धेरैलाई यौन हिंसा कसरी हुन्छ ? भन्ने बारेमा समेत जानकारी नभएको रिपोर्टमा उल्लेख छ । अध्ययनमा सहभागीमध्ये १५ प्रतिशतले आफूले अनलाईनको दुरुपयोग गरेको भन्ने जानकारी हुँदा हुँदै पनि त्यसको दुरुपयोग हुँदै आएको बताएका छन् ।

पछिल्लो समय सोही संस्थाले गरेको अध्ययनले भने आधुनिक प्रविधिहरुको कारणले बालबच्चाहरुमा समस्या र कमजोरी बढ्दै गएको भेटिएको छ । अहिलेका बच्चाहरुमा राति अबेरसम्म फेसबुक र युट्युब चलाउने, अरु भएको ठाउँमाभन्दा पनि नभएको ठाउँमा एक्लै बसेर इन्टरनेटमा रमाउन मन पराउने जस्ता समस्याहरु धेरै रहेको भेटिएको छ । यसरी एक्लै बसेर इन्टरनेट चलाउनेहरुमा धेरै केटाहरु छन् भने केहीहरु पनि त्यति कम भने छैनन् ।

बढे फेसबुक चलाउने बालबालिका

दुई वर्ष अघिको इक्याप्टकै अध्ययनले ७२ प्रतिशत बालबालिकाहरुको फेसबुक रहेको बताएको थियो । तर, ६१ प्रतिशत बालबालिकाको आफ्नै एकाउन्ट रहेको उल्लेख गरेको छ । दुईवर्ष अघि सोही अध्ययनले एकभन्दा धेरै फेसबुक एकाउन्ट चलाउनेहरुको संख्या रहेको उल्लेख गरेका थिए । अहिले सो संख्या २० प्रतिशतमा सीमित भएको छ ।

यो दुई अध्ययन प्रतिवेदनबीच नयाँ किसिमको समानता देखिएको छ । त्यसमध्ये नक्कली नाम र फोटो राखेर फेसबुक खोल्नेहरुको संख्या पनि धेरै रहेको बताइएको छ । धेरै बालबालिकाहरुले स्कूलको भय र १८ वर्ष घटिकाले सो फेसबुकको एकाउन्ट खोल्न नमिल्ने व्यवस्थाका कारण पनि आफ्नो उमेर लुकाएर आफ्ना बाबु आमाको जन्ममितिबाट फेसबुक खोल्ने गरेको भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment