News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक दीपकप्रसाद आचार्यको पहिलो फिल्म 'परान' ले घरेलु बक्सअफिसमा १० करोडभन्दा बढी कमाएको अनुमान छ।
- आचार्यले 'परान' को सफलता पछि दर्शकीय अपेक्षा उच्च भएको र नयाँ फिल्ममा प्रतिस्पर्धा गर्नुपर्ने बताए।
- उनले सामाजिक कथामा आधारित अर्को फिल्म बनाउने योजना रहेको र टिभीमा फर्किने कुरा अहिले अनिश्चित रहेको खुलाए।
काठमाडौं । दर्शकका लोकप्रिय ‘काकु’ लाई पहिलो प्रयासमै व्यवसायिक सफलता मिलेको छ । उनी निर्देशित फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा लोभलाग्दो ब्यापार गरिरहेको छ ।
कमाइको औपचारिक विवरण आइसकेको छैन । यद्यपि, फिल्मले १० करोडको आँकडा पार गरेको अनुमान छ ।
काकु अर्थात दीपकप्रसाद आचार्य ! आफ्नो वास्तविक जीवनको एक हिस्सालाई पटकथामा बुनेर दर्शकमाझ पस्किएका आचार्यलाई पहिलो ब्याटिङमै ‘छक्का’ प्रहार गरेकोजस्तो महसुस भएको हुनुपर्छ ।
त्यो महसुस उनले अनलाइनखबरसँग बाँडे । यदि १० करोडभन्दा धेरै कमाउने फिल्मलाई ‘सुपरहिट’को संज्ञा दिने हो भने ‘परान’ त्यो सम्मानको हकदार हुनुपर्छ ।
डेब्यू फिल्मकै सफलताले आफूलाई चुनौती र दबाब थपिएको काकुले बताए । ‘यो फिल्मपछि मबाट दर्शकीय अपेक्षा उच्च छ’ उनी सुनिए, ‘अब मैले नयाँ फिल्म बनाएपछि परानसँगको प्रतिस्पर्धामा जानुपर्ने हुन्छ । दर्शकको जुन खालको सकारात्मक प्रतिक्रिया छ, त्यसले मलाई थप जिम्मेवार बनाएको छ ।’
दर्शकीय प्रतिक्रियाले आफू भावुक भएको उनले बताए । ‘मैले सोचेकै थिइन यो लेभलको पजेटिभ रेस्पोन्स आउनेछ । मलाई भावुक बनाउने पर्सनल म्यासेज आउनेछ । म ती स्टाटस हेरेर भावुक पनि भएको छु ।’
‘नेपाली चलचित्रको इतिहासमा यो लेभलको सकारात्मक प्रतिक्रिया कमै हुन्छन् । हामीले त्यो पाएका छौं’ उनले भने ।
अहिले काकु के सोचिरहेका छन् त ?
उनलाई लाग्छ अब दर्शकसँग जोड्ने कथा भन्नुपर्यो । ‘हामीले दर्शकलाई रिलेट गर्ने । दर्शकका कथा भन्नुपर्यो । एकदमै यथार्थवादी कथाहरू’ उनी सुनिए ।
उनले दर्शकीय प्रतिक्रिया सबैभन्दा सशक्त हुनुपर्ने बताए ।
‘सबैभन्दा पावरफूल दर्शकको वर्ड अफ माउथ चाहिन्छ । यसका लागि कन्टेन्ट बलियो हुनुपर्छ भन्ने लाग्यो । एउटा दर्शकले अरु १० जना दर्शक ल्याउन सक्नुपर्छ भन्ने प्रमाणित गर्यो’ उनले भने ।
अहिले उनलाई ‘परान’ कै चटारो छ । यसपछि उनी ‘परान’ जस्तै सामाजिक कथाको फिल्म ल्याउन चाहन्छन् । यो कुरा गरिरहँदा उनी सतर्क सुनिए ।
‘अब म एकदमै सतर्कु छ । मसँग परानकै लेभलको कन्सेप्ट रेडी छु । परानमाथि फिल्म बनाउनु यसअघि नै प्रयोग र चुनौती थियो’ उनले भने ।
मसँग यसपछि अर्को गर्छु भन्ने छ । अबको पनि सोसल डामा हुनेछ’ भन्छन्, ‘निर्माता ज्यूहरूले पनि फेरि काम गरौं भन्नुभएको छ । फिल्म बनाउने भन्नुभएको छ ।’
‘परान’ हिट भएसँगै टिभीमा फर्किने काकुको योजना भने अनिश्चित बनेको छ । ‘अहिलेलाई टिभीमा फर्किने कुरा अनिश्चित भन्दा हुन्छ । यसकै हयांगओभरबाट हटेको छैन । टिभीका दर्शकलाई पनि निराश बनाउने सोच छैन । कुनै बेला फर्किन्छु’ उनले भने ।
नेपालमा चलेपछि विदेशबाट फिल्मको राम्रो माग भएको उनी बताउँछन् । ‘कथावस्तुको कारण फिल्मले बाहिर अझै राम्रो गर्छजस्तो लाग्छ’ उनले भने ।
प्रतिक्रिया 4