News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले मात्र वृद्धि भएको छ।
- गत आव सोही अवधिमा निजी क्षेत्रको कर्जा लगानी २.५ प्रतिशतले बढेको थियो भने चालु आवमा वृद्धि दर घटेको छ।
- २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये ६२.८ प्रतिशत गैरवित्तीय संस्थागत र ३७.२ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ रहेको छ।
३० कात्तिक, काठमाडौं । कोरोना महामारी र आर्थिक मन्दीले शिथिल निजी क्षेत्रलाई चालु आर्थिक वर्ष जेनजी आन्दोलनले तर्साएको छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा निजी सम्पत्ति पनि आगजनी र तोडफोड भएपछि निजी क्षेत्रको लगानी विस्तार निरुत्साहित भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आव पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले मात्रै वृद्धि भएको छ । यो भनेको ८२ करोड ९३ करोड रुपैयाँ बराबर हो ।
गत आव सोही अवधिमा निजी क्षेत्रको कर्जा लगानी २.५ प्रतिशतले बढेको थियो । गत आव पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्र तर्फ १ खर्ब २८ अर्ब ६५ करोड बराबर कर्जा लगानी थपिएको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
२०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाहित कर्जा अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फको कर्जा अंश ३७.२ प्रतिशत छ ।
गत आव सोही अवधिमा यस्तो अंश क्रमश: ६४ र ३६ प्रतिशत थियो । चालु आव सोही अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको हिस्सा १.६, विकास बैंक ०.५ र वित्त कम्पनीको हिस्सा १.६ प्रतिशत बढेको छ ।
२०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति सुरक्षणमा १५ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६४.३ प्रतिशत छ ।
२०८१ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जा अंश क्रमश: १३.४ र ६५.८ प्रतिशत थियो ।
चालु आव २०८२/८३ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फ २.९, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्र २.४, औद्योगिक उत्पादन क्षेत्र २.४, उपभोग्य क्षेत्र १.६ र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले बढेको छ भने सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.३ प्रतिशतले घटेको छ ।
चालु आव पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये रियल इस्टेट कर्जा ३.२ प्रतिशत, मार्जिन प्रकृति ३, क्यास क्रेडिट २.७, आवधिक ०.७ र हायर पर्चेज कर्जा ०.६ प्रतिशतले बढेको छ भने ट्रस्ट रिसिट कर्जा ४.३ र अधिविकर्ष कर्जा ३.३ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया 4