+
+
Shares

जेनजी घटनामा पक्राउ परेकाहरूको गुनासोपछि हिरासतको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय मानव अधिकार आयोगको टोलीले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्तिहरूको हिरासत अनुगमन गरेको छ।
  • आयोगले काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रहरी हिरासत कक्षहरू अनुगमन गरेको र केही ठाउँमा बस्नका लागि ठाउँ अपुग भएको पाइएको छ।
  • प्रहरीले पक्राउ गर्ने मुख्य कारण आगजनी, तोडफोड र चोरीमा संलग्न भएको तस्वीर र भिडियो देखिएको आयोगलाई जवाफ दिएको छ।

३० कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूले गुनासो गरेपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले हिरासतको अनुगमन गरेको छ ।

आयोगको टोलीले काठमाडौं उपत्यकाका तीन जिल्लाका हिरासत कक्षहरूको अनुगमन गरेको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले हिरासतको अनुगमन गरिहेको र अझै केही हिरासतको अनुगमन गर्न बाँकी नै रहेको बताए ।

उनका अनुसार प्रहरी वृत्त सोह्रखुट्टे, गौशाला, परिसर भक्तपुर, वडा प्रहरी कार्यालय लगनखेल, भक्तपुरका प्रहरी हिरासत अनुगमन गरिएको छ ।

जेनजी घटनामा पक्राउ परेका आफन्तको परिवारले प्रहरीले यातना दिने गरेकोदेखि हिरासतमा रहेका थुनुवाबाट समेत अमानवीय व्यहार हुने गरेको आयोगमा बताएका थिए ।

त्यसपछि आयोगको टोलीले उपत्यकाका हिरासत कक्षको अनुगमन गरेको हो । अनुगमनका क्रममा उनीहरूले आरोप लगाएजस्तो यातना दिएको नपाइएको आयोगका एक सदस्यले बताए ।

‘बस्नका लागि केही हिरासतमा ठाउँहरू अपुग भएको पाइए पनि उनीहरूले आरोप लगाएपछि यातना दिएको पाइएन’ एक सदस्यले भने ।

हिरासत अनुगमन गर्नेममा आयोगको टोलीले प्रहरी अधिकारीहरूसँग समेत सोधपुछ गरेको थियो । सो क्रममा प्रहरी अधिकारीहरूले अधिकांश पक्राउ गर्नुको पछाडि आगजनी, तोडफोड, चोरीमा संलग्न भएको तस्वीर, भिडियोहरू नै मुख्य कारण रहेको बताएका छन् ।

तस्वीर र भिडियोमा प्रष्ट रूपमा देखिएपछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरीले आयोगलाई जवाफ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?