+
+
Shares

कवि रोशनीको ‘पृथ्वीलाई एक फन्को’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १३ गते १७:५२

१३ पुस, पोखरा । कवि रोशनी गुरुङको कविता संग्रह ‘स्वर्गको एक फन्को’ आइतबार पोखरामा लोकार्पण भएको छ । मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ, सीता गुरुङ, प्रकाश ज्ञवाली, गौरी तमुले कृतिको लोकार्पण गरेका हुन् ।

पोखरामा साहित्य र पत्रकारितामा सक्रिय गुरुङले आफ्नो जन्मदिनको अवसर पारेर कृति विमोचन गरेकी हुन् । कृतिबाट २ कविता कवि माया घताने गुरुङ, रीता अधिकारीले वाचन गरेका थिए ।

कृतिको विमोचन साहित्यकार तीर्थ गुरुङले गरे । उनले कविताबाट कवि गुरुङले स्थानीय लवज र भोगाइलाई प्रस्तुत गर्न खोजेको समीक्षा गरे । उनले कविता कला र विचारले बन्ने भएकाले त्यसमा पनि ध्यान दिन आग्रह गरे । ‘साहित्य साधनामात्रै होइन, गम्भीर साधना हो,’ उनले भने ।

कवि गुरुङले आफू कविता सिकिरहेको र आफ्नो कविता जाँच्न संग्रह प्रकाशन गरेको बताइन् । ‘स्कल लेबलदेखि नै लेख्थें । तर, कविता के हो भन्ने अझै थाहा पाउन सकेको छैन,’ उनले भनिन् ।

साहित्यकार गौरी तमुले कवि रोशनी पछिल्लो पुस्ताकी बलियो हस्ताक्षर भएको बताइन् । गुरुङ साहित्य महोत्सवले प्रकाशन गरेको कृतिको मूल्य २ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?