Comments Add Comment

जाडो मौसममा चायाबाट छुटकारा पाउने काइदा

जाडो मौसममा कपालमा चाया अथवा डेन्ड्रफ आउनु सामान्य समस्या हो । यसको प्रमुख कारण भनेको जाडोको मौसममा चल्ने चिसो र सुख्खा हावा नै हो । उक्त हावाले टाउकोको छालामा भएको नरमपनालाई सोस्छ । यसका साथै जाडो मौसममा मालासेजिया नामको फङ्गस पनि धेरै हुन्छ, जसका कारण कपालमा चाया पर्ने समस्या हुन्छ । जब सुख्खा र चिसो हावा कपालको जरासम्म पुग्छ, हाम्रो टाउकोको छाला जहाँबाट कपालको जरा सुरु हुन्छ । त्यसमा सुख्खापना तथा पत्र भएको चाया उत्पन्न हुन्छ र त्यो चिलाउन थाल्छ । चायाका पत्रहरु जब हाम्रो काँध र लुगामा खस्छ । हामी यसलाई नै चाया भन्ने गर्दछौं ।

यी कारणहरुले पनि पर्न सक्छ चाया

यदि तपाईंको टाउकोको छाला धेरै ओइली छ भने मालासेजिया फङ्गस धेरै बढ्छ । जसका कारण चायाको समस्या बढ्छ । किशोरावस्थामा यदि तपाईंको शरीरमा हार्मोनल परिर्वतन भयो भने पनि छाला तैलीय हुन्छ र चायाको समस्या बढ्छ ।

केही व्यक्तिहरुको टाउकोको छाला सुख्खा हुने समस्या हुन्छ, जसका कारण चाया धेरै हुन्छ ।

यदि तपाईंको टाउकोको छाला आवश्यकताभन्दा संवेदनशील छ भने हेयर प्रोडक्ट र स्टाइलिङ प्रोडक्ट प्रयोग गर्नाले पनि टाउकोको छाला सुख्खा हुन्छ । जसका कारण चायाको समस्या बढ्छ ।

डण्डिफोरको समस्याबाट कसरी छुटकारा पाउने ?

बजारमा त्यस्ता धेरै स्याम्पोहरु उपलब्ध छन् । जसको प्रयोग गरेपछि चायाको समस्या टाढा हुन्छ भन्ने दाबी गर्छन् । यद्यपि, यी स्याम्पोमा केमिकलको मात्रा धेरै हुन्छ र त्यसको नियमित प्रयोगले कपाल रुखो हुन्छ । चायाबाट छुट्कारा पाउनका लागि केही घरेलु उपायहरु अपनाउनुपर्छ । जुन यसप्रकार छन् :

नियमित कपाल कोर्नुपर्छ

जब तपाईं कपाल कोर्नुहुन्छ, तपाईंको टाउकोको छाला उत्तेजित हुन्छ र रक्तसञ्चार बढ्छ । जसले टाउकोको छालामा हुने प्राकृतिक तेलको मात्रा बढ्छ । त्यसो गर्नाले कपाल र छाला दुबै स्व्ाास्थ हुन्छ र चायाबाट मुक्त भइन्छ । त्यसैले नियमित रुपमा कपाल कोर्नुपर्छ ।

खानामा मात्र होइन नुहाउँदा पनि नुनको प्रयोग गर्दा कपाल चम्किलो हुन्छ । प्रायः जसोे मानिसहरु नुनलाई केवल खानाको लागि मात्र प्रयोग गर्छन् । तर, यदि यसलाई पानीमा मिसाएर नुहाइयो भने शरीरलाई विभिन्न तरिकाको फाइदा हुनसक्छ । त्यसमा समावेश म्याग्नेसियम, क्याल्सियम, सोडियम जस्ता मिनरल्सले शरीरलाई इन्फेक्सनबाट बचाउँछ । नुन पानीमा समावेश तत्व फङ्गलले इन्फेक्सन बढ्नबाट रोक्छ । दिनहुँ नुन पानीले नुहाउनाले चायाबाट राहत प्राप्त हुन्छ ।

नुन पानीले नुहाउनुको फाइदा

नुन पानीले नुहाउनाले रक्तसञ्चार राम्रो हुन्छ । कपालमा भएको किटाणु हट्नुको साथै चाया पुनः आउँदैन । कपाल स्वस्थ र चम्किलो हुन्छ । नुनपानीले छालाको मृत कोशिकाहरुलाई निकाल्न सहयोग गर्छ । दिनहुँ त्यो पानीले नुहाउनाले छाला कोमल र चमकदार हुन्छ ।

संक्रमणबाट बचाउँछ

नुन पानीले भरपुर मात्रामा म्याग्निसियम, क्याल्सियम, सोडियम जस्ता मिनरल्स हुन्छ । यसले छालाको छिद्रमा पुगेर सफा गर्छ । यसले छालामा इन्फेक्सन हुने खतरा पनि कम हुन्छ ।

राम्रो निद्रा

नुनपानीले नुहाउनाले थकान र तनाव कम हुन्छ । यसले दिमागलाई शान्ति प्राप्त हुन्छ र राति राम्रो निद्रा लाग्छ ।

हड्डीको दुखाई र मांसपेशीहरुलाई आराम हुन्छ

नुन पानीले नुहाउनाले हड्डीमा हुने पीडाबाट राहत प्राप्त हुन्छ । यसले अस्टियो अर्थराइटिस र टेन्डिनिटिस जस्ता जोर्नीको पीडाको समस्यामा आराम प्राप्त हुन्छ ।

धेरै पानी पिउनुपर्छ

जाडो मौसममा सामान्यतया पानी पिउँदा चिसो महसुस हुन्छ । त्यसैले प्रायः मानिस जाडोमा पानी कम पिउँछन् । तर, यसो गर्दा तपाईंको छाला र कपाल दुबै सुख्खा हुन्छ र यसले चायाको समस्या बढ्छ । त्यसैले चाया नओओस भन्नका लागि पर्याप्त पानी पिउनु आवश्यक छ ।

यी तरिकाहरु अपनाउनु पर्छ

-गालभेँडाको रस र मुल्तानी मिट्टी मिसाएर एउटा घोल तयार पार्ने । त्यसलाई कपालमा लगाएर केही समय त्यसै छाडिदिने । जब घोल सुख्छ, त्यसपछि कपाल नुहाउने । हप्तामा दुईपटक त्यस्तो गर्नाले केही दिनमा नै फरक देखिन्छ ।

-एलोभेराको रसले मसाज गर्नु पनि फाइदाजनक हुन्छ ।

-मेथीको गेडालाई भिजाएर त्यसको पेस्ट तयार गर्ने र त्यसलाई टाउकोको छालामा लगाउने र केही बेर सुक्न दिने केही समय पछि कपाल धुने ।

-नरिवलको तेल अथवा ओलिभ ओयलमा कपूर मिलाएर कपाल मसाज गर्ने । यसले चायाको समस्या कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment