Comments Add Comment

एमसीसी सम्झौता पास हुन्छ, सरकार प्रस्ट छ : परराष्ट्रमन्त्री ज्ञवाली

१४ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् ।

एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग भए नभएको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो । यसबारे सरकारले अमेरिकासँग बुझ्ने र सचिवालयले निर्णय गर्ने सहमतिका साथ बैठक सकियो । तर त्यही बेला काठमाडौंस्थित अमेरिकी दूताबासका अधिकारीले एमसीसी, इण्डो प्यासिफिककै अंग भएको अभिव्यक्ति दिए ।

अब नेकपाले के गर्छ भन्ने प्रश्न उठिरहेका बेला परराष्ट्रमन्त्री ज्ञवालीले भने सम्झौता पास हुने बताए । ‘एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो’ नेकपा स्थायी कमिटी सदस्य समेत रहेका उनले भने, ‘यो पास हुन्छ, सरकार प्रस्ट छ ।’

तर अमेरिकी अधिकारीले त एमसीसी, इण्डो प्यासिफिककै अंग भएको बताएका छन् नि भन्ने प्रश्नमा उनले नेपालले हस्ताक्षर गर्दा के थियो भनेर हेर्नुपर्ने बताए ।

उनले अघि भने, ‘पछि ककसले केके जोडे, मतलब हुँदैन । सही गर्दा के छ भन्ने हेर्नुपर्छ ।’

उनले एमसीसीबारे सकारात्मक बहस गर्न र कार्यक्रमले कस्तो प्रभाव पर्छ भनेर हेरिदिन आग्रह गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार पार्न एमसिसी सहयोगी हुने भन्दै उनले हचुवाका भरमा गरिने हलुका टिप्पणीले मुलुकको बृहत्तर हितमा आँच पुग्ने बताए । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लक्ष्य हासिल गर्न एमसिसी अपरिहार्य भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment