Comments Add Comment

दि एक्सको ‘तिमी नै भन’टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक

१४ पुस, काठमाडौं । निकै लोकपि्रय ब्याण्ड्’दि एक्स् ब्याण्ड्’को ‘तिमी नै भन’टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्सको सिजन २ शुरु भएको छ ।

दि एक्स् ब्याण्ड्ले आफ्नो एल्बम् ‘भडास’ बाट ‘तिमी नै भन’टुबोर्ग ओपन सेसन्स् २ कोमञ्चमा प्रस्तुत गरेकाछन् । ब्याण्डमा भोकल्स् र बेस गितारमा शिव मुखिया,ड्रम्समा सुरेन्द्र श्रेष्ठ तथा गितारमा सजल राजभण्डारी रहेका छन् ।

अल्टरनेटिभ फन्क् रक ब्याण्ड दि एक्स् विगत २५ वर्ष देखि नेपाली संगीत क्षेत्रमा सक्रियभई निरन्तरता दिँदै आईरहेको छ । सन् १९९३ मा स्थापना भएको उक्त ब्याण्ड आफ््ना विभिन्न हिट गीतहरुबाट लोकपि्रय रहेको छ ।

टुबोर्ग ओपन सेसन्स्को सिजन २मा विभिन्न प्रतिष्ठित कलाकारहरुले आफ्नो लोकपि्रय गीतहरु मौलिक भन्दा भिन्न शैलीमा प्रस्तुत गरेका छन् । पहिलो सिजनमा ‘च्यानल आरबिट्ररी’मार्फत युट्युबमा अपलोड गरिएको ५१ वटा बेजोड प्रस्तुतीहरुले १० मिलियनभन्दा बढी भ्युज संकलन गर्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment