+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

छाउपडी उन्मुलन गर्न जिल्लाका स्थानीय तहलाई डोटी प्रशासनको पत्राचार

रामहरि ओझा रामहरि ओझा
२०७६ पुष १५ गते ११:०५

१५ पुस, डोटी । जिल्ला प्रशासन कार्यालय, डोटीले छाउपडीविरुद्ध सक्रिय भएर लाग्न जिल्लाका सरोकारवाला निकायहरूलाई पत्राचार गरेको छ ।

महान्यायाधिवक्ताको कार्यालयले छाउपडी प्रथाविरुद्ध उत्रन पत्राचार गरेपछि जिल्लाका सबै सरोकारवाला निकायलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय, डोटीले जनाएको छ ।

गत मंसिर १७ गते अछामको साँफेबगर नगरपालिका–३, सिद्धेश्वर डिक्रेनीको छाउ गोठमा सुतेकी २१ वर्षीया पार्वती बुढा रावलको भएपछि महान्यायाधिवक्ता कार्यालयले छाउप्रथा रहेका जिल्लाहरूमा पत्राचार गर्दै यसविरुद्ध कठोर ढंगले प्रस्तुत हुन पत्राचार गरेको थियो ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार छाउपडी प्रथा उन्मुलनका लागि जिल्लाका सबै स्थानीय तह र सरोकारवालाहरूलाई पत्राचार गरिएको बताए ।

पत्रमा सामाजिक सामाजिक कुप्रथा छाउपडीले सामाजिक अपराधमा बढाउँदै लगेकाले यसको अन्त्यका लागि भूमिका खेल्न भनिएको छ । साथै मुलुकी अपराध संहिता, २०७४ को प्रावधानबारे स्मरण गराउँदै सोहीअनुरूप कारबाही गर्न पनि निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?