+
+
Shares

दोलखाका तत्कालीन सीडीओ रिजाल अख्तियारको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १७:५२

१५ पुस, काठमाडौं । घुस लिएको आरोप लागेपछि निलम्बनमा परेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धानज आयोगले मंगलबार उपसचिव रिजाललाई नियन्त्रणमा लिएको हो ।

भ्रष्ट्राचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि रिजाललाई नियन्त्रणमा दिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

रिजालले दोलखामा प्रमुख जिल्ला अधिकारी हुँदा आफ्नो क्षेत्राधिकारभित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोप छ ।

उनले मेलुङ गाउँपालिका-४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजा र कालिञ्चोक गाउँपालिका-१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको अख्तियारको दाबी छ ।

रिजालले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?